रक्षा मन्त्रीलाई थुलुङ राई सहजीकरण सोलुखुम्बुको ध्यानाकर्षण पत्र 

थुलुङ राई सहजीकरण सोलुखुम्बुले बर्खुघाट पुल निर्माणप्रति भइरहेको लापरवाही र ढिलासुस्तीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै रक्षा मन्त्री मानवीर राईलाई तेस्रो पटक सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र

 

 

काठमाडौँ :  थुलुङ राई सहजीकरण सोलुखुम्बुले बर्खुघाट पुल निर्माणप्रति भइरहेको लापरवाही र ढिलासुस्तीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै रक्षा मन्त्री मानवीर राईलाई तेस्रो पटक सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाएको छ।

स्थानीय बासिन्दाको लामो समयदेखि पुलको आवश्यकता र मागलाई सम्बोधन गर्दै थुलुङ राई सहजीकरण सोलुखुम्बुले यसअघि पनि दुई पटक औपचारिक रूपमा ध्यानाकर्षण गराइसकेको थियो। तर, अझै पनि पुल निर्माणमा ठोस प्रगति नदेखिएपछि संस्थाले फेरि तेस्रो पटक दबाबस्वरूप पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्रमा पुल निर्माण ढिलाइका कारण स्थानीयहरू स्वास्थ्य सेवा, शिक्षा, व्यापार र दैनिक आवतजावतमा ठूलो समस्या भोग्न बाध्य भएको उल्लेख गरिएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै रक्षा मन्त्री राईले अघिल्लो आर्थिक वर्षमा ८० लाख बजेट विनियोजन भएको र काम थालनी हुनुका साथै अन्य वैकल्पिक स्रोतको खोजि भइरहेको जनाउँदै उक्त पुलको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताए। 

ध्यानाकर्षण पत्र संस्थाका अध्यक्ष पासाङ दोर्जे राईले मन्त्री राईलाई संस्थाले नयाँ वर्ष २०८२ को अवसरमा आयोजना गरेको दोस्रो बृहत रक्तदान तथा शुभकामना आदान-प्रदान कार्यक्रम उक्त पत्र बुझाएका हुन्। उक्त कार्यक्रममा ४५ पिन्ट रगत सङ्कलन गरिएको उनले जानकारी दिए।

 

 

सम्बन्धित समाचार