निर्देशक अनिल कोयी राईको तिहार गीत ‘देउसी भैलो आयो है तिहार’ को भिडियो सार्वजनिक

निर्देशक अनिल कोयी राईको निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियो आइतबार निकेश राईको अफिसियल युट्युव च्यानलमा  सार्वजनिक

 

 

काठमाडौँ : नेपालीहरूको महान् चाड तिहार नजिकिँदै गर्दा मौलिक संस्कृति, परम्परा र चाडपर्वको उल्लास समेटिएको नयाँ तिहार गीत ‘देउसी भैलो आयो है तिहार’ को भिडियो सार्वजनिक भएको छ। निर्देशक अनिल कोयी राईको निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियो आइतबार निकेश राईको अफिसियल युट्युव च्यानलमा  सार्वजनिक गरिएको हो।

निकेश राईको शब्द तथा संगीत रहेको गीतमा गायिका मोनिका राई, निकेश राई, विनोद दनुवार, कैलाश बि.के र दिपेश वनको स्वर रहेको छ। नेपाली मौलिक कला, संस्कृति र संगीतलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार गरिएको गीतले तिहारको सांस्कृतिक महत्त्व, देउसीभैलोको परम्परा र चाडपर्वको उल्लासलाई उत्कृष्ट ढंगमा प्रस्तुत गरेको छ।

गीतको संगीत संयोजन सुशील भट्टराईले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन्। गीतको रेकर्डिङ अरुण उपत्यका स्टुडियोमा गरिएको हो। रेकर्डिस्टका रूपमा विनोद दनुवार र दिपेश वनले काम गरेका छन्। गीतमा भरत बुढामगरको मादल, नगेन्द्र राईको बाँसुरी, हेमन्तकान्छा रसाइलीको सारंगी र सञ्जीव बराइलीको गितार सुन्न सकिन्छ।

अनिल कोयी राईको निर्देशन रहेको म्युजिक भिडियोमा स्वयं निर्देशक राईसहित सोनी राई, अमृता राई, निकेश राई, मोनिका राई र खुसी राईको अभिनय तथा नृत्य रहेको छ। भिडियोको कोरियोग्राफी श्याम पटेलले गरेका छन्। यसमा गणेश राई, बिनिता राई, रिजन राई, रोजन राई र विश्व राईले सहायक कलाकारका रूपमा अभिनय गरेका छन्।

भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ डिन्सन शाहले गरेका छन्। मेकअपमा सञ्जिता मिजारले काम गरेकी छन्। गीतको डिजिटल कन्टेन्ट व्यवस्थापन तथा आईटी सहयोग निकेश राईले गरेका छन्।

तिहार नेपाली समाजमा पारिवारिक भेटघाट, आपसी सद्भाव, भाइचारा र सांस्कृतिक उत्सवको प्रतीकका रूपमा मनाइँदै आएको छ। विशेषगरी देउसीभैलो तिहारको अभिन्न सांस्कृतिक पक्ष हो। घरघरमा पुगेर गीत गाउँदै, नाच्दै शुभकामना आदानप्रदान गर्ने यो परम्परालाई नयाँ पुस्तामाझ निरन्तरता दिन गीतले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

गीत तथा भिडियो निर्माणमा सहयोग गर्ने कलाकार, प्राविधिक र शुभचिन्तकप्रति निर्माण पक्षले आभार व्यक्त गरेको छ। विशेष सहयोगीका रूपमा नुगा वेस्ट नेपालका गणेश राई, अविनाश अबिरल, कुमारी जोगी, बसन गुरुङ, रिजन राई, रोजन राई, अनिश मगर र बिन्दु थुलुङलाई धन्यवाद दिइएको छ।

‘देउसी भैलो आयो है तिहार’ गीत निकेश र अमृता राईको प्रस्तुतिमा सार्वजनिक गरिएको हो। निर्माण पक्षले गीत तथा भिडियो हेरेर प्रतिक्रिया, सुझाव र साथ दिनका लागि दर्शक तथा श्रोतासँग आग्रह गरेको छ।

सम्बन्धित समाचार