अर्जेन्टिना २०२६ को विश्वकपमा छनोट

साविक विजेता अर्जेन्टिनाले घरेलु मैदान ब्यूनस आयर्समा बुधवार पेरुलाई १-० ले पराजित गरेपछि अमेरिका, मेक्सिको र क्यानडामा हुने  विश्वकपमा स्थान पक्का
सुपरस्टार लिओनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले पेरुलाई पराजित गरेसँगै फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ ।

 

 

एजेन्सी :  सुपरस्टार लिओनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले पेरुलाई पराजित गरेसँगै फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ ।

साविक विजेता अर्जेन्टिनाले घरेलु मैदान ब्यूनस आयर्समा बुधवार पेरुलाई १-० ले पराजित गरेपछि अमेरिका, मेक्सिको र क्यानडामा हुने  विश्वकपमा स्थान पक्का गरेको हो ।

यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २५ अंक भएको छ । १० टोलीको सहभागिता रहेको दक्षिण अमेरिका छनाेटमा अर्जेन्टिना कम्तिमा छैटौं स्थान रहने पक्का भएसंगै छनोट भएको हो। दक्षिण अमेरिकाबाट विश्वकपमा ६ राष्ट्र छनोट व्यवस्था छ।

अजेन्टिनाको जितमा लौटरो मार्टिनेजले गोल गरे । खेलको ५५औं मिनेटमा मार्टिनेजले मेस्सीले पेनाल्टी एरियामा दिएको  एयर बललाई गोलमा परिणत गर्दै गरेको गोल नै खेलमा निर्णायक हुन पुग्यो ।

आजको गोलसंगै मार्टिनेज ३२ गोलसहित अर्जेन्टिनाका लागि पाँचौ सर्वाधिक गोलकर्ता बनेका छन्। अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको पहिलो सूचीमा कप्तान मेस्सी छन् उनले हालसम्म एक सय १२ गोल गरेका छन्। मेस्सी अन्तर्रास्ट्रिय खेलमा सर्वाधिक ५८ एसिस्ट दिने खेलाडी समेत बनेका छ। 

यो हारसँगै पेरु १०औं स्थानमा यथावत छ। राउन्ड रोबिनमा भइरहेको छनोटमा पेरु ७ अंकसहित अन्तिम स्थानमा रहेको हो। बिहीबार पाराग्वेसँग २–१ ले पराजित भएको टोलीका कप्तान मेस्सीले पनि राम्रो प्रदर्शन गरेका गरे।

मंगलबार नै भएको खेलमा एन्नर भ्यालेन्सियाको निर्णायक गोलमा इक्वेडरले कोलम्बियामाथि १–० को जित हात पारेको छ। खेलको ३४औं मिनेटमा इक्वेडरका डिफेन्डर पिएरो हिनकापी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

बोलिभिया र पाराग्वेले २–२ गोलको बराबरी खेलेका छन्। त्यस्तै ब्राजिलको घरेलु मैदानमा भएको खेलमा उरुग्वेले बराबरी खेल्यो। दक्षिण अमेरिकी विश्वकप छनोटको अर्को चरणका खेल मार्चमा हुनेछ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा