न्ययोर्क ओपन कराँते च्याम्पियनसिपमा पर्खी खालिङ राईको आइएमएले जित्यो ४ स्वर्णसहित १८ पदक 

मार्शल आर्ट्स् (कराते)का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईद्वारा संचालित इन्टरनेशनल मार्शल आर्ट्स एशोसिएसन (आइएमए) न्युयोर्कका खेला डीले न्ययोर्क ओपन कराँते च्याम्पियनसिपमा ४ स्वर्णसहित १८ वटा पदक

 

न्युयोर्क, अमेरिका : मार्शल आर्ट्स् (कराते)का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईद्वारा संचालित इन्टरनेशनल मार्शल आर्ट्स एशोसिएसन (आइएमए) न्युयोर्कका खेलाडीले न्ययोर्क ओपन कराँते च्याम्पियनसिपमा ४ स्वर्णसहित १८ वटा पदक जितेका छन्। 

संयुक्त राज्य आमेरिकाको न्युयोर्कस्थित योङकर्समा हालै सम्पन्न न्युयोर्क ओपन कराँते च्यपियनसिपमा आइएमएका खेलाडीले ४ स्वर्ण, ८ रजत र ६ काश्य पदक जितेका हुन्। 

आइएमए कराते स्कुलबाट सहभागी १५ खेलाडी मध्ये १२ जनाले पदक जित्न सफल भएका हुन्। पदक विजेताहरू मध्ये ६ जनाले दोहोरो पदक जितेका थिए। उक्त च्यपियनसिपमा अमेरिका, क्यानडा, साउथ अमेरिका र मेक्सिकोका करिब पाँच सय जना खेलाडीले प्रतिस्पर्धी गरेका थिए।

आइएमएका संचालक राईका अनुसार १७ देखि १८ वर्ष उमेर समूहका महिम नाफजले कातामा रजत र कुमुतेमा काश्य पदक जितेका छन्। १५ देखि १६ वर्ष उमेर समूहमा सौरभी गौतमले कातामा स्वर्ण र कुमुतेमा रजत, प्रिति गुरूङले कुमुतेमा रजत, जितेका थिए।

यसै गरी १३ देखि १४ वर्ष उमेर समूहमा कुसुम गुरूङले कुमुतेमा स्वर्ण र कातामा रजत, माधव पुनले कातामा स्वर्ण र कुमुतेमा रजत र सम्पना राईले कुमुतेमा स्वर्ण र कातामा रजत जितेका थिए भने ११ देखि १२ वर्ष उमेर समूहमा एशिया गुरूङले कातामा रजत र अंकिता श्रेष्ठले कुमुतेमा काश्य पदक जितेका छन्।

त्यस्तै ९ देखि १० वर्ष उमेर समूहमा स्पेरन्जा मार्सेलोले कुमुतेमा काश्य, स्वर्णिम गुभाजुले कुमुतेमा काश्य र लिङ्कनदेव पुलामी मगरले कुमुतेमा रजत र कातामा काश्य जितेका थिए। ७ देखि ८ वर्ष उमेर समूहमा सिजेम राईले कातामा काश्य पदक जितेका थिए। यस स्कुलका कुशल खेलाडीहरू मध्ये धेरैले व्यस्त समयको कारण सहभागी हुन नसकेको संचालक राईले बताए। 

न्युयोर्कको क्विन्स् स्थित ज्साकसन हाइटमा रहेको आइएमएका संचालक पर्खी खालिङ राई हाल अमेरिकी कराते महासंघ अन्तर्गत अन्तर्राष्ट्रिय खेलाडी छनोटका लागि निर्णायकको रूपमा छन्। उनी संयुक्त राज्य अमेरीकाको विभिन्न राज्यमा निर्णायकको रूपमा कार्यभार सम्हाली सकेका छन् भने संयुक्त राज्य अमेरिका बाहेक अन्य देशमा पनि निर्णायकको भूमिका निभाई रहेका छन्। उनले सन्चालन गरेका आइएमए कराते स्कुलमा समेत आफैले प्रशिक्षण दिँदै आएका छन्। 

संयुक्त राज्य अमेरीकामा नेपालीद्वारा संचालित यो नै पहिलो मार्शल आर्ट्स् एशोसिएसन हो। हाल उनले दैनिक ७० देखी ८० जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिइरहेका छन्। उनका प्रशिक्षार्थी मध्यकी केलसाङ लामा सन् २०२१ मा पहिलो नेपाली महिला इन्टरनेशनल मार्सल आर्ट्स एसोसिएसन न्यूयोर्कबाट निर्णायक बनेकी थिइन् भने धेरैजना पुरूषहरू अमेरिकी करातेमा निर्णायक तथा प्रशिक्षकको रूपमा काम गरिरहेका छन्।

आइएमएका संचालक राईका यथार्थ जीवनमा आधारित “कराते कहर सफलता बहार” नामक जीवनी पुस्तक पनि बजारमा सर्वत्र उपलब्ध छ। उक्त जीवनी पुस्तकमा राई सानै हुँदा बाबाको स्वर्गवास भएपछि आइलागेका कठिन परिस्थिति साथै पढाईबाट बन्चित भएर भेँडा गोठमा अति नै संघर्षमय बाल्यकाल बिताएका मर्म स्पर्शी यथार्थ झल्काइएका छन्। उमेरले ३०औं वसन्त पार गरेपछी कराते सिकेर हाल प्राप्त भएका अपार सफलताको यथार्थ कथा यसै पुस्तकमा  समेटिएको छ। जसलाई राईको आफ्नै भाई मानवीर खालिङले लेखेका हुन भने डा. लाल श्यॅाकारेलु रापचाले सम्पादन गरेका हुन्।

 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा