भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगितामा अक्सफोर्ड दोजाङ च्याम्पियन
भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगितामा १७ स्वर्णसहित ४२ पदक जितेको अक्सफोर्ड दोजाङ च्याम्पियन
भक्तपुर : भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगितामा १७ स्वर्णसहित ४२ पदक जितेको अक्सफोर्ड दोजाङ च्याम्पियन बनेको छ।
राष्ट्रिय तेक्वान्दो संघ भक्तपुरले आयोजना गरेको चौथो जिल्लाव्यापी तेक्वान्दो प्रतियोगितामा सर्वाधिक स्वर्ण पदकसहित अक्सफोर्ड दोजाङ प्रथम भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं ७ तफादम्फुस्थित सभाहलमा शनिवार सम्पन्न प्रतियोगितामा अक्सफोर्ड दोजाङले १७ स्वर्णसहित कुल ४२ पदक प्राप्त गरि प्रथम भएको दोजाङका प्रशिक्षक चुलाई मुखियाले जानकारी दिए ।
.jpg)
त्यस्तै, प्रतियोगितामा ११ स्वर्णसहित सिरुटार दोजाङ दोस्रो र ४ वटा स्वर्ण पदक जितेको निकोसेरा दोजाङ तृतीय भयो । दुई दिन चलेको प्रतियोगितामा १४ दोजाङका करिब ३ सय खेलाडी सहभागी भएका थिए।
पदक विजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । खेलाडीहरुलाई प्रमुख अतिथि रहेका राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय उपाध्यक्ष सनिस लागेजु, विशेष अतिथि चाँगुनारायण-७ का वडाध्यक्ष श्याम नाँयजु श्रेष्ठ, तेक्वान्दोका वरिष्ठ प्रशिक्षक शेर बहादुर थापामगर, अक्सफोर्ड प्राक्टिकल स्कुलका प्रधानाध्यापक रवि दुवालले पुरस्कृत गरेका थिए ।
.jpg)
सो अवसरमा तेक्वान्दो संघका भक्तपुर जिल्ला अध्यक्ष सुन्दर सुवालले जिल्लामा तेक्वान्दो खेलको विकासका लागि संघले गरेका विविध गतिविधिबारे जानकारी गराए ।

-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित






