रोटरी क्लबको सहयोगमा सिर्जनशील युवा समाजले गर्यो नि:शुल्क सामग्री वितरण
सिर्जनशील युवा समाजले रोटरी क्लब अफ काठमाडौँ सर्कलसँगको साझेदारी र रोटरी क्लब अफ रिचमण्ड अस्ट्रेलिया तथा द रोटरी फाउण्डेसन डिष्ट्रीक ग्रान्ट ९८०० को आर्थिक सहयोगमा त्यहाँका १०० घरधुरीलाई किचन सामग्री नि:शुल्क वितरण
सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२, काँगेलस्थित सिर्जनशील युवा समाजले रोटरी क्लब अफ काठमाडौँ सर्कलसँगको साझेदारी र रोटरी क्लब अफ रिचमण्ड अस्ट्रेलिया तथा द रोटरी फाउण्डेसन डिष्ट्रीक ग्रान्ट ९८०० को आर्थिक सहयोगमा त्यहाँका १०० घरधुरीलाई किचन सामग्री नि:शुल्क वितरण गरेको छ ।
सोमबार एक विशेष समारोहका बिच उक्त घरधुरीका नागरिकहरुलाई विद्युतीय इन्डक्सन चुल्हो, प्रेसर कुकर, कराई तथा फ्राइपेन एक/एक सहितको किचन सामग्री वितरण गरेको हो ।

समाजको प्रत्यक्ष प्रभावित क्षेत्रमा रहेका परिवारहरूको दैनिक जीवन सहज बनाउने उद्देश्यले करिब १५ लाख रुपैयाँ बराबरको किचन उक्त सामग्रीहरू निशुल्क हस्तान्तरण गरिएको समाजका अध्यक्ष चित्र कुमार राईले बताए ।
कार्यक्रममा सहयोग र समन्वय गर्न महत्वपूर्ण भूमिका निभाएको भन्दै समाजले काठमाडौँ सम्पर्क समितिका सल्लाहकार तथा समाजसेवी नेत्र बहादुर बस्नेत, इसाबेल आर्मर तथा रोटरी अफ रिचमन्डप्रति विशेष आभार व्यक्त गर्दै कदर पत्र प्रदान गरेको छ ।

]समाजका सचिव प्रकाश थुलुङ राईले यसरी वितरण गरिएको सामग्रीले स्थानीयवासीको ऊर्जा उपयोग, सरसफाइ र सुरक्षित खाना पकाउने अभ्यासलाई अघि बढाउन मद्दत गर्ने बताए । यस समाजले निरन्तर रूपमा समाजमा विभिन्न कार्यक्रम सन्चालन गर्ने गरेको, श्रमदानमार्फत सडक निर्माण कार्य गरेको र काठमाडौँ सम्पर्क समितिले समेत निरन्तर रूपमा सामाजिक कार्य गर्दै आइरहेको काठमाडौँ सम्पर्क समितिका अध्यक्ष योग्य प्रसाद राईले बताए।







-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित






.jpeg)