ज्ञानालय एकेडेमीले अनुसन्धान विधि तथा यसको प्रयोगसम्बन्धी व्यावसायिक तालिम दिँदै

स्नातकदेखि पिएचडीसम्मका विद्यार्थी, शैक्षिक तथा व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि अनुसन्धान सीप सुदृढ गर्न लक्षित गर्दै ज्ञानालय एकेडेमीले छोटो अवधिको गहन तालिम “अनुसन्धान विधि तथा यसको प्रयोग” शीर्षकमा सञ्चालन गर्ने

 

 

काठमाडौँ: स्नातकदेखि पिएचडीसम्मका विद्यार्थी, शैक्षिक तथा व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि अनुसन्धान सीप सुदृढ गर्न लक्षित गर्दै ज्ञानालय एकेडेमीले छोटो अवधिको गहन तालिम “अनुसन्धान विधि तथा यसको प्रयोग” शीर्षकमा सञ्चालन गर्ने भएको छ।

यो तालिम अनलाइन माध्यमबाट सञ्चालन हुने यो तालिम २०८२ साल बैशाखको पहिलो साता (अप्रिल २०२५) बाट सुरु हुने तय गरिएको छ। बैशाख ५ गते अभिमुखीकरण कार्यक्रम र बैशाख ३ अन्तिम दर्ता मिति तोकिएको छ।

सञ्चार सिद्दान्तकार एसोसिएट प्रोफेसर डा. निर्मलमणि अधिकारीको नेतृत्वमा सञ्चालित यो तालिम आवश्यकतामा आधारित, सीपमुखी र अभ्यासमूलक हुनेछ। सहभागीहरूलाई वैज्ञानिक विधिको आधारभूत अवधारणासँग परिचित गराउँदै विभिन्न सन्दर्भहरूमा अनुसन्धान प्रक्रिया प्रयोग गर्ने व्यावहारिक ज्ञान प्रदान गर्नु तालिमको उद्देश्य भएको ज्ञानालय एकेडेमीले जारि गरेको विज्ञप्तिमा उल्लेख छ। २४ दिनको अवधिमा ४८ घण्टा (३ क्रेडिट आवर बराबर) तालिम दिइनेछ।

तालिम प्रत्येक साँझ ८:०० देखि १०:०० बजेसम्म सञ्चालन हुनेछ, जसले गर्दा पूर्णकालिक विद्यार्थी तथा पेशागत रूपमा व्यस्त व्यक्तिहरूको दैनिकीमा असर नपारी सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। तालिममा अनुसन्धानको परिचय, अनुसन्धान डिजाइन र प्रक्रिया, सामाजिक विज्ञान अनुसन्धानमा तथ्याङ्कको प्रयोग, तथा प्रयोगात्मक अनुसन्धान विधि जस्ता विविध विषयहरू समेटिनेछन्।

सैद्धान्तिक ज्ञानसँगै सहभागीहरूले अनुसन्धान प्रस्ताव लेखन, प्रतिवेदन तयार गर्ने प्रक्रिया, सन्दर्भ समिक्षा गर्ने अभ्यास, तथा शोध, प्रबन्ध र जर्नल लेख लेख्ने कार्यशालामा पनि सहभागी हुनेछन्।

तालिम शुल्क रु. ८,००० तोकिएको छ, जसमा २५ प्रतिशत छुट सबै सहभागीहरूका लागि उपलब्ध हुनेछ। शैक्षिक तथा व्यावसायिक क्षेत्रमा अनुसन्धान सीपको बढ्दो महत्वलाई ध्यानमा राख्दै, यो तालिमले अनुसन्धान विधि बुझ्न तथा प्रयोग गर्न चाहने सबैका लागि बहुमूल्य अवसर प्रदान गर्ने एकेडेमीले विश्वास लिएको छ। 

दर्ता गर्न इच्छुक उम्मेदवारहरूले थप जानकारी वा दर्ताका लागि इच्छुकहरूले ९८४२२४९४१०, ९८६४५८४४२६ मा सम्पर्क गर्न वा jnanalayaacademy@gmail.com मा इमेल गर्न सक्नेछन्।

ज्ञानालय एकेडेमीले “अनुसन्धानमार्फत भविष्यको खोज” भन्ने आफ्नो उद्देश्यलाई सार्थक बनाउँदै उच्चस्तरीय तालिम कार्यक्रमहरू प्रदान गर्दै आएको दाबी गरेको छ, जसले सहभागीहरूलाई आफ्ना क्षेत्रमा सार्थक योगदान पुर्‍याउन सशक्त बनाउने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा