राष्ट्रगान कसरी उभिएर गाउने ?
विशिष्ट श्रेणीका ओहोदामा पुगेका व्यक्तिहरुले समेत गलत तरिकाले राष्ट्रगान गाएको देखिन्छ । कोहि देब्रे छातीमा दाहिने हात राखेर गाउँछन् त कोही दुवै हातलाई अगाडि राखेर अनि कोही दुवै हात सिधा तल झारेर गाउँछन् ।
राष्ट्रगान कसरी गाउने अर्थात् राष्ट्रगान गाउँदा कसरी उभिने ? भन्ने बारेमा धेरैमा अन्योल देखिन्छ । विशिष्ट श्रेणीका ओहोदामा पुगेका व्यक्तिहरुले समेत गलत तरिकाले राष्ट्रगान गाएको देखिन्छ । कोहि देब्रे छातीमा दाहिने हात राखेर गाउँछन् त कोही दुवै हातलाई अगाडि राखेर अनि कोही दुवै हात सिधा तल झारेर गाउँछन् ।
तर, राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतले स्वीकृत भएसँगै राष्ट्रगान कसरी गाउने भन्नेबारे स्पष्ट व्यवस्था भएको छ । राष्ट्रियसभाको बैठकबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतले स्वीकृत गरेको हो ।
राष्ट्रिय गानको प्रयोग :
(१) राष्ट्रिय उत्सव, विभिन्न औपचारिक कार्यक्रम, विभागीय ( फौजी ) सामेली, सैन्य सम्मान, विद्यार्थी प्रार्थना, खेलकुद समारोह, रेडियो र टेलिभिजनमा राष्ट्रिय गानको प्रयोग अनिवार्य रूपमा गर्नुपर्नेछ ।
(२) राष्ट्रिय गानको प्रयोगसम्वन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
राष्ट्रिय गानको सम्मान :
(१) औपचारिक तथा विशेष समारोह र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कुनै पनि निकाय वा कार्यालय, गैरसरकारी संघ, संस्था तथा कूटनीतिक नियोगहरूले आयोजना गरेका औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय गान गाउँदा वा राष्ट्रिय धुन बजाउँदा अति विशिष्ट तथा विशिष्ट व्यक्ति वा सार्वजनिक ओहोदामा पदाधिकार रहेका वा नरहेका सर्वसाधारण सबैले हात तल झारी, खुट्टाका कुर्कुच्चा जोडी अगाडिका औंलातिरका दुई खुट्टाले ‘भी’ आकार बनाएर सतर्क अवस्थामा उभिएर शीर ठाडो गरी, छाती फराकिलो पारी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्नेछ ।
तर अपाङ्गता भएका व्यक्तिको हकमा निजको शारीरिक अवस्था अनुसार सम्मान प्रकट गर्न यस दफाले बाधा पुर्याएको मानिनेछैन ।
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित






