पर्खी खालिङ राईको जीवनी “कराते कहर,सफलता बहार” अमेरिकामा सार्वजनिक
मार्शल आर्ट्स (कराते)का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईको जीवनी “कराते कहर,सफलता बहार” पुस्तक संयुक्त राज्य आमेरिकाको न्युयोर्कमा सार्वजनिक
न्युयोर्क, अमेरिका : मार्शल आर्ट्स (कराते)का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईको जीवनी “कराते कहर,सफलता बहार” पुस्तक संयुक्त राज्य आमेरिकाको न्युयोर्कमा सार्वजनिक गरिएको छ।
न्युयोर्क क्विन्सको ज्याक्सन हाइटस्थित घ्यालसुम्दो सेवा समाजको भवनमा शनिबार सम्पन्न उक्त कार्यक्रम युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका(युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा भव्यताका साथ सम्पन्न भएको हो।
.jpg)
कार्यक्रममा युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका(युक्रा) न्युयोर्क च्याप्टरकी अध्यक्ष मामता खालिङ राईको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा समाजसेवी तथा किरात खालिङ राई उत्थान समिति अमेरिका शाखाका अध्यक्ष मकर खालिङ राई प्रमुख अथितिको रुपमा रहेका थिए।
“कराते कहर,सफलता बहार” पुस्तकमा राई सानै हुँदा बाबाको स्वर्गवास भएपछि आइलागेका कठिन परिस्थिति साथै पढाईबाट बन्चित भएर भेँडा गोठमा अति नै संघर्षमय बाल्यकाल बिताएका देखि हाल प्राप्त भएको अपार सफलताको यथार्थ समेटिएको छ। जसलाई राईको आफ्नै भाई मानवीर खालिङले लेखेका हुन भने डा. लाल श्यॅाकारेलु रापचाले सम्पादन गरेका हुन्।
.jpg)
पर्खी खालिङ राई हाल अमेरिकी कराते महासंघ अन्तर्गत अन्तर्राष्ट्रीय खेलाडी छनोटका निर्णायकको रूपमा छन् । उनी संयुक्त राज्य अमेरीकाको विभिन्न राज्यमा निर्णायकको रूपमा कार्यभार सम्हाली सकेका छन् भने संयुक्त राज्य अमेरिका बाहेक अन्य विभिन्न देशमा पनि निर्णायकको भूमिका निभाई रहेका छन्। उनले आफैले सन्चालन गरेका इन्टरनेशनल मार्शल आर्ट्स एशोसिएसन न्युयोर्कमा आफैले प्रशिक्षण समेत दिँदै आएका छन्। संयुक्त राज्य अमेरीकामा नेपालीद्वारा संचालित यो नै पहिलो मार्शल आर्ट्स् एशोसिएसन हो।
हाल उनले दैनिक ७० देखी ८० जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिइरहेका छन्। उनका प्रशिक्षार्थी मध्यकी केलसाङ लामा सन् २०२१ मा पहिलो नेपाली महिला इन्टरनेशनल मार्सल आर्ट्स एसोसिएसन न्यूयोर्कबाट निर्णायक बनेकी थिइन् भने धेरैजना पुरूषहरू अमेरिकी करातेमा निर्णायक तथा प्रशिक्षकको रूपमा काम गरिरहेका छन्।
.jpg)
पुस्तक सार्वजनिक कार्यक्रममा विशेष अतिथिको रूपमा न्युयोर्क मेयर कार्यालयका प्रतिनिधि सुक्रानी धान्पत, नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना)का-अध्यक्ष तोरण गुरूङ, युक्रा केन्द्रीय उपाध्यक्ष केसवराम राई, युक्रा केन्द्रिय भूतपूर्व अध्यक्ष भूतपूर्वपुर्व महासचिव युक्रा न्युयोर्क च्याप्टर संस्थापक-अध्यक्ष तथा हालका सल्लाहकार प्रभाकर साम्पाङ राई, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, नेपाली समाज अमेरीकाका अध्यक्ष लोक चेम्जोङ, नेपाली कलाकार संघ नर्थ अमेरीकाकी अध्यक्ष तथा युक्रा न्युयोर्क च्याप्टर बरिष्ठ उपाध्यक्ष वसन्ती राई, लोकप्रिय नृत्य निर्देशक तथा युक्रा न्युयोर्क च्याप्टर सल्लाहकार गोविन्द राई, (AD37A) District Leader छेमाङ दोर्जे लामा, (AD30B) District Leader बिष्णु राणा मगर, New York Assembly District-30 District Direct फुर्साङ डोल्मा, गीतकार पद्मा लिँखा, बृहत्तर सूदुरपश्चिम नेपाली समाज अमेरिका इंक-अध्यक्ष टिबी भण्डारी, शेर्पा किदूगका अध्यक्ष टेम्बा शेर्पा, नेपाल आदिवासि जनजाती महासंघ अमेरिकाका सल्लाहकार कुलदिप राना मगर, हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर-अध्यक्ष बिरेन्द्र जंग केसी र हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर-अध्यक्ष सोभाकान्त पाण्डे थिए।
.jpg)
त्यस्तै, अतिथिहरुमा नेपाल आदिवासि महासंघ अमेरीकाका महासचिव तथा थारू एन्ड फ्रेण्डस् एशोसिएसनका बरिष्ठ उपाध्यक्ष दिपक चौधरी, नेपाल आदिवासि महासंघ अमेरीकाकी दाजिमा शेर्पा, बरिष्ठ पत्रकार बिके नेवा, हेल्लो अमेरिकाका सम्पादक तथा भिडियो ग्राफर सम्राट कार्की, हामी नेपाली ग्लोबल अमेरिका च्याप्टरका युथ कोअर्डिनेटर लकेश श्रेष्ठ, पार्करमा १८औं पटक गिनिज वर्ल्ड रेकर्ड बुकमा नाम लेखाउन सफल दिनेश सुनार, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) करातेमा स्वर्ण पदक विजेता अनु अधिकारी थिए।
उक्त कार्यक्रममा स्वागत मन्तव्य दिँदै युक्रा न्युयोर्क च्याप्टरका उपाध्यक्ष कृष्ण प्रसाद राईले मार्शल आर्टस् चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईको जीवनी बारेमा प्रष्ट्याएका थिए। कार्यक्रमकी सभाध्यक्ष मामता खालिङ राई, प्रमूख अतिथि मकर खालिङ राई र बिशेष अतिथि तोरण गुरूङले संयुक्त रूपमा पानासमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
.jpg)
कार्यक्रममा मन्तव्य दिने क्रममा हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर अध्यक्ष सोभाकान्त पाण्डेले आफू पनि रेड वेल्ट सम्म खेलेको कारण चौथो डिग्री ब्ल्याक बेल्ट राईलाई सम्मान स्वरूप (Oss) भनेर आफनो मन्तव्य सुरू गरेका थिए। सार्क स्तरिय करातेमा स्वर्ण पदक बिजेता अनु अधिकारीले उक्त कार्यक्रम गुरू पूर्णिमाको दिन परेको कारण गुरू सम्झेर सम्मान व्यक्त गरेकी थिइन् भने पार्कर मा १८औॅ पटक विश्व रेकर्ड गिनिज बुकमा नाम लेखाउन सफल दिनेश सुनारले पर्खी राईलाई सम्मान स्वरूप सुट लगाएको र आफूले सामान्यतया खासै नलगाउने बताए।
उक्त कार्यक्रममा मन्तव्य दिँदै न्युयोर्क मेयर कार्यालयका प्रतिनिधी तथा दक्षिण एशियाली समुदाय सम्पर्क समितिकी सदस्य सुकुरानी धान्पतले बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन्। मन्तव्यकै क्रममा नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना)का अध्यक्ष तोरण गुरूङले राईको जीवनी पढेर भावि सन्ततिमा कडा परिश्रम, धैर्यता पछि सफलता मिल्ने रहेछ भन्ने मनोविज्ञान साथै मनभित्रै देखी उर्जा भरिने भनाई व्यक्त गरे भने थुप्रै वक्ताहरूले सो पुस्तक प्रकाशन भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरेका थिए।
.jpg)
कार्यक्रमका प्रमूख अतिथि समाज सेवी तथा किरात खालिङ राई उत्थान समिती अमेरिका शाखाका अध्यक्ष मकर खालिङ राईले आफूले पर्खी खालिङ राईलाई नजिकबाट चिनेको र बाल्यकालदेखी नै कडा मिहिनेत गर्ने एक असल व्यक्ति भएर यो सफलता मिलेको भन्दै प्रसंसा गरेका थिए।
कार्यक्रममा सभाध्यक्ष ममता खालिङले पुस्तकका नायक पर्खी खालिङलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रम समापन गरेकी थिइन्। उक्त कार्यक्रमको उद्घोषण युक्रा न्युयोर्क च्याप्टर महासचिव बिके राई सन्तोषले गरेका थिए।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित






