गायक संजय राई र गीतकार दिलिप सङ्कल्प थुलुङको गीत 'सोलुको ठिटो' सार्वजनिक

गायक संजय राई र गायिका मान्मा विराईको स्वरमा रहेको पूर्वेली लोक गीत 'सोलुको ठिटो' सार्वजनिक

 

 

काठमाडौँ : गायक संजय राई र गायिका मान्मा विराईको स्वरमा रहेको पूर्वेली लोक गीत 'सोलुको ठिटो' सार्वजनिक भएको छ। 

युवा गीतकार दिलिप सङ्कल्प थुलुङले लेखेको गीतमा संगीत अनिल कोयु राईको रहेको छ। राजु कार्कीले एरेन्ज र मिक्स मास्टर गरेको गीत किङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो। 

त्यस्तै, गीतको रेकर्डिस्टमा सुरेश राई रहेका छन् भने गीतको भिडियो निर्माणको जिम्मेवारी जस्केलो क्रिएसनले पुरा गरेको छ।   

प्रवासी युट्युब च्यानलमा आज (शुक्रबार) सार्वजनिक भएको गीतमा पूर्वेली लोक भाकालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।  गीतमा प्रेम, भूगोल र सांस्कृतिक विविधताको बारेमा कलात्मक ढंगले बुनिएको छ।  

 

 

 

 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा