गायक तथा संगीतकार कुमार प्रयासले ल्याए नयाँ कोसेली 'दिलैको दरबार'
गायक तथा संगीतकार कुमार प्रयासको स्वरमा रहेको 'दिलैको दरबार' गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ: गायक तथा संगीतकार कुमार प्रयासको स्वरमा रहेको 'दिलैको दरबार' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रशान एलुङ राईको शब्दमा रहेको गीतमा संगीत आशुसेन लामाको रहेको छ। गीतको एरेन्ज बुद्ध लामाले गरेका हुन् भने रेकर्डिष्टमा कृपाल गुरुङ छन्।
म्युजिक भिडियोको निर्देशन पनि गीत रचनाकार प्रशान एलुङ राईले नै गरेका हुन्। निर्मल कुमार लामा, क्रिशाला तामाङ र भीमफेदी गाइज फिचरिङ्ग गरिएको म्युजिक भिडियो आकर्षक बनेको छ।
पर्पल स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ्ग दिपेश प्रधानले गरेका हुन्। सिनेम्याटोग्राफर तथा सम्पादकमा पवन सुस्लिङ रहेका छन्।
म्युजिक भिडियोको प्रडक्सन म्यानेजर राजेन थुलुङ राई छन् भने व्यवस्थापनको जिम्मेवारी सन्तोष बाबु राईले लिएका छन्। विश्व राई, प्रदिप राई र योगेन्द्र राईले सपोर्ट गरेको म्युजिक भिडियोमा मेकअप आर्टिष्टको रुपमा सुबाश तिमिल्सिना रहेका छन्।
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित






