मेस्सी र स्वारेजले 'एक गोल, एक एसिस्ट' गरे, अर्जेन्टिना र उरुग्वेले बराबरी खेले

मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय फुटबलको गोल संख्या ७० पुर्याएका छन्। उनी दक्षिण अमेरिकी फुटबल खेलाडीहरुमा सबैभन्दा धेरै गोल गर्ने पेले भन्दा मात्र ७ गोलले पछाडि छन्।
तिबन्धबाट फर्केपछि मेस्सीले लगातार दोस्रो खेलमा गोल गरेका हुन् । फोटो : गोल डटकम

 

काठमाडौँ। अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी र  उरुग्वेका स्टार फरवार्ड लुइस स्वारेजले समान एक गोल र एक गोल गर्न सहयोग गरेको खेलमा दुई देशले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा  २-२ को बराबरी खेलेका छन्। 

मेस्सीले खेलको इन्ज्युरी समयमा पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई हारबाट बचाए। उनले खेलको ६३ औं मिनेटमा सर्जियो अगुएरोलाई गोल गर्न मद्दत गरे। त्यस्तै स्वारेजले  खेलको ६९ औं मिनेटमा गोल गरे भने पहिलो हाफको ३४ औं मिनेटमा एडिन्सन काभानीलाई गोल गर्न पास मिलाएका थिए। 

पहिलो हाफमा १-० ले पछाडी परेको अर्जेन्टिनालाई सर्जियो अगुएरोले ६३ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए । उनले मेस्सीको फ्रिकिकमा हेडर मार्फत गोल गरे । 

तर ६९ औं मिनेटमा बार्सिलोनाका फरवार्ड लुइस सुआरेजले फ्रिकिकमा गोल गर्दै उरुग्वेको अग्रता दिलाए । उनको प्रहार गोलरक्षक आन्द्रादाले भेटेपनि बचाउन सकेनन् । इन्ज्यूरी समयमा उरुग्वेका डिफेन्डर मार्टिन कासेरेसले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त अवसरलाई मेस्सीले सदुपयोग गर्दै अर्जेन्टिनाको हार टारेका थिए ।

फोटो : गोल डटकम 

मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय फुटबलको गोल संख्या ७० पुर्याएका छन्। उनी दक्षिण अमेरिकी फुटबल खेलाडीहरुमा सबैभन्दा धेरै गोल गर्ने पेले भन्दा मात्र ७ गोलले पछाडि छन्। साथै प्रतिबन्धबाट फर्केपछि मेस्सीले लगातार दोस्रो खेलमा गोल गरेका हुन् । उनले शुक्रबार ब्राजिलविरुद्ध भएको 'सुपर-क्लासिको' खेलमा पनि गोल गरेका थिए । उक्त खेलमा अर्जेन्टिना १-० ले विजयी भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा