सचिन तेन्दुल्करले त्रिवि मैदानमा क्रिकेट खेले [फोटोफिचर]

काठमाडौं । विश्व क्रिकेटका महान हस्ती सचिन तेन्दुल्करले बालबालिकाको टोलिसँग क्रिकेट खेलेका छन् ।
शुक्रबार साँझ काठमाडौं आइपुगेका सचिनले युनिसेफको बालअधिकार सम्बन्धि सचेतनामुलक कार्यक्रमका लागि त्रिवि क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट खेलेका हुन् ।
उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले सम्हालेको टोलीसँग सद्भावना क्रिकेट खेलेका हुन् । सचिन बालबालिकाको एक टिमको नेतृत्व गर्दै मैदानमा उत्रिरहँदा उनको पक्षमा हुटिङ गर्दै दर्शकले साथ दिइरहेका छन् । उनले जारी खेलमा व्याटिङ गरेका छन् ।
संयुक्त राष्ट्र संघको बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा नोभेम्बर १५ को दिन पारेर युनिसेफका सदभावना दूत तेन्दुलकर नेपाल आइपुगेका हुन् ।
बाल अधिकारको प्रवर्द्धनका लागि कीर्तिपुरमा बालवालिकासँग १० ओभरको मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।
पूर्वकप्तान दासले विश्व क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरको नेपाल आगमनले नेपाली क्रिकेटलाई उर्जा दिने बताएका छन् ।