मेस्सीले अर्जेन्टिनालाई जिताए, कोपा अमेरिकाको हारको बदला !

अर्जेन्टिनाले गत जुलाईमा कोपा अमेरिकाको सेमिफाईनल भोगेको हारको बदला लिएको छ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी नायक बनेको खेलमा अर्जेन्टिनाले चिरप्रतिद्वन्दी ब्राजिललाई पराजित गरेको छ।  फोटो: अर्जेन्टिनी फुटबल संघ

 

काठमाडौँ। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी नायक बनेको खेलमा अर्जेन्टिनाले चिरप्रतिद्वन्दी ब्राजिललाई पराजित गरेको छ। 

साउदी अरेबियाको किङ्ग साउद युनिभर्सिटी  स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० को गोल अन्तरले पराजित गरेको हो। अन्तररास्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफको १० औं मिनेटमा ब्राजिलका ग्याब्रियल जिजसले पेनाल्टि मिस गरेको ४ मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले पेनाल्टी मिस गरे पनि रि-बाउन्ड बलमा गोल गर्दै अर्जेन्टिनालाई जिताए। 

फोटो: अर्जेन्टिनी फुटबल  संघ 

अर्जेन्टिनाले गत जुलाईमा कोपा अमेरिकाको सेमिफाईनल भोगेको हारको बदला लिएको छ।  ब्राजिलले खेलमा राम्रो पकड जमाए पनि गोल गर्न नसक्दा हार आत्मासाथ गर्नु परेको हो। 'सुपर क्लासिको' नाम  दिइएको प्रतियोगिताको उपाधी समेत मौकाको सदुपयोग गर्न नसक्दा ब्राजिलले खेल अर्जेन्टिनालाई सुम्पियो। 

फोटो: अर्जेन्टिनी फुटबल  संघ 
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा