बुधबार, ४ मङ्सिर, २०७६ Wednesday, 20 November, 2019

रुप ज्योति र उनकी छोरी सुरुचीलाई ३ दिन थुनामा राख्न अदालतको आदेश

हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई शुक्रबार अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
फायल फाेटाे : वेब

 

काठमाडौं । काठमाडौं जिल्ला अदालतले उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।

हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई शुक्रबार अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार अदालतको आदेशपछि आरोपी दुबैजनाविरुद्ध उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइने भएको छ ।

हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार साँझ पक्राउ गरेको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा