बुधबार, ४ मङ्सिर, २०७६ Wednesday, 20 November, 2019

जर्जिया पठाई दिन्छु भनी ठगी गर्ने रामकृष्ण राई पक्राउ

जर्जिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ पथरी नगरपालिका–१ उर्लावारी बस्ने ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
फाेटाे : नेपाल प्रहरी

 

काठमाडौं । जर्जिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जर्जिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ पथरी नगरपालिका–१ उर्लावारी बस्ने ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने दोलखा गौरीशंकर गाउँपालिका ६ घर भएका एक जनालाई  राईले जर्जियामा क्लिनरको जागिर लगाईदिने र उक्त कम्पनीले मासिक ९० हजार रुपैयाँ तलव, खान बस्न समेत दिने प्रलोभन देखाई ७ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

रकम लिएर सम्पर्क विहिन भएको भन्ने जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजतलास गर्दै जाने क्रममा मोरङ जिल्लाको उर्लावारीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानका क्रममा निज राईले राजन राईबाट ३ लाख ५० हजार र ईन्द्र लिम्बुबाट ५ लाख रुपैयाँ लिई ठगी गरेको खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा