बुधबार, ४ मङ्सिर, २०७६ Wednesday, 20 November, 2019

‘हरेक स्थानीय तहमा उद्योगग्राम’

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा उद्योगग्राम खोलेर युवालाई उद्यममा जोड्ने बताएका छन् ।
फायल फोटो : वेव

 

मेलम्ची । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा उद्योगग्राम खोलेर युवालाई उद्यममा जोड्ने बताएका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ अमलटारमा प्रदेश सरकारको लगानीमा निर्मित भूकम्पपीडित युवा उद्यमी तालीम केन्द्र भवनको उद्घाटन गर्दैै उन्ले युवाका सीपलाई उद्यममा जोड्न सके मात्र मुलुक समृद्ध बन्ने बताएका छन् ।

“हामी हरेक स्थानीय तहमा एक उद्योगग्राम खोल्ने अभियानमा छौँ”, उन्ले भने, “प्रदेश सरकारले युवालाई उद्यममा जोडेर, उत्पादनमा लगाउने अभियान शुरु गरिसकेको छ ।” मुख्यमन्त्री पौडेलले युवाहरुलाई उद्यम र उत्पादनमा जुट्नसमेत आग्रह गरेका छन् ।

विभिन्न गाउँ–ठाउँमा उत्पादित कृषि उत्पादनले बजार नपाएकाप्रति इङ्गित गर्दै उन्ले प्रदेश सरकारले कृषि उत्पादनका लागि बजार खोजिदिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । “बजार पाइँदैन भन्ने चिन्ता नगर्नुस्, हामी हरेकखाले उत्पादनलाई बजारको व्यवस्था गरिदिन्छौँ”, उन्ले भने, “सिन्धुपाल्चोकको उत्पादन चितवन जानसक्छ, चितवनको उत्पादन अब सिन्धुपाल्चोक आउनसक्छ ।”

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले उद्योगको विकास र उद्यमशीलताबाट नै प्रदेशलाई समृद्ध बनाउने अभियानमा सरकार अघि बढेको बताएका छन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा