मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

क्यानद्वारा पिएसएलमा करणसहित ५ खेलाडीको सिफारिस

पीएसएल आगमी फ्रेबुअरी २० देखी २२ मार्च सम्म पाकिस्तानमा हुने बताईएको छ ।
क्यानले शुक्रबार आफ्नो अधिकारिक सामाजिक सञ्जाल मार्फत ५ खेलाडीको नाम सार्वजनिक गरेको हो । क्यानको लोगो। फायल

 

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आग्रहमा ५ नेपाली खेलाडीको नाम पाकिस्तान सुपर लिग (पीएसएल) को 'ड्राफ्ट' को लागि सिफारिस गरेको छ । 

क्यानले शुक्रबार आफ्नो अधिकारिक सामाजिक सञ्जालमार्फत ५ खेलाडीको नाम सार्वजनिक गरेको हो । मनोनयनमा परेका खेलाडीहरुमा विकेटकीपर विनोद भण्डारी, मिडियम पेस गतिका बलर करण केसी, अलराउन्डर पवन सरार्फ, स्पिनर ललित नारायण राजवंशी र आरिफ शेखछन्।

आईसीसीले मनोनित खेलाडीहरुको नाम पाकिस्तान क्रिकेट बोर्डलाई पठाउने छ। पीएसएल आगमी फ्रेबुअरी २० देखी २२ मार्च सम्म पाकिस्तानमा हुने बताईएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा