बुधबार, ४ मङ्सिर, २०७६ Wednesday, 20 November, 2019

नयाँ ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ जारी, कस्ता विषय समेटिए ?

२१ बुँदे  शिक्षा नीति स्वीकृत भएसँगै अब स्थानीय तहहरुले आवाश्यक्ता अनुसार शिक्षक नियुक्त गर्नसक्ने बाटो खुलेको छ ।
शिक्षा मन्त्री गिरीराजमणि पोखरेल बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ।

 

काठमाडौं । सरकारले २१ बुँदे ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ स्वीकृत गरेको छ ।

शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गत कार्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले २१ बुँदे शिक्षा नीति स्वीकृत गरेका भएको जानकारी दिएका हुन् ।

२१ बुँदे  शिक्षा नीति स्वीकृत भएसँगै अब स्थानीय तहहरुले आवाश्यक्ता अनुसार शिक्षक नियुक्त गर्नसक्ने बाटो खुलेको छ । विद्यालयहरुमा शिक्षक कमी हुने दीर्घकालीन समस्यालाई समाधान गर्न शिक्षक दरवन्दी पुनवितरण पनि शिक्षक नपुग भएमा प्रदेश सरकार तथा स्थानीय सरकारले आवश्यकताका आधारमा शिक्षक दरवन्दी मिलान गर्न सक्ने व्यवस्था मिलाइएको नीतिमा उल्लेख छ । 

सरकारको नयाँ शिक्षा नीति कार्यान्वयनका लागि तीनै तहका सरकारको जिम्मेवारी समेत किटान गरिएको छ । साथै, शिक्षा नीतिमा प्राज्ञिक तथा पेशागत डिग्रीको एकीकरण गरिएको हालको शिक्षाशास्त्रका कार्यक्रमहरुको पुनरावलोकन गरी प्राज्ञिक डिग्री पूरा गरेपछिमात्र पेसागत डिग्री प्रदान गर्ने व्यवस्था लागू गरिने भएको छ । 

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सिफारिसका आधारमा शिक्षामन्त्री पोखरेलको नेतृत्वमा पूर्व शिक्षामन्त्रीहरु गंगालाल तुलाधर, धनीराम पौडेल, आयोगका सदस्यहरु प्रा.डा. मीन बहादुर विष्ट, रमेश सिलवाल र लक्ष्मण शर्मा रहेको समितिले नयाँ शिक्षा नीतिको प्रारम्भिक मस्यौदा तयार गरेको थियो । 

उक्त मस्यौदा मन्त्रिपरिषद हुँदै मन्त्रिपरिषदले गृहमन्त्रीको नेतृत्वको सामाजिक समितिमा ४० दिनको छलफलपछि मन्त्रिपरिषद्मा पठाइएको थियो । त्यसपछि उपप्रधानमनत्री ईश्वर पोखरेल नेतृत्वमा ६ जना मन्त्रीहरुको टोली बनाइ नीतिलाई अन्तिम रुप दिइएको हो ।   

नीतिमा समेटिएका प्रमुख विषयहरू

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा