बुधबार, ४ मङ्सिर, २०७६ Wednesday, 20 November, 2019

भारतीय नयाँ नक्साले नेपालमाथी ठाडो हस्तक्षेप : साझा पार्टी

‘भारत सरकारको यो कदम अन्तराष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो हस्तक्षेप हो ।’

 

काठमाडौं । नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेको प्रति साझा पार्टीले गम्भीर आपत्ति प्रकट गरेको छ ।

बुधबार साझा पार्टीले एक विज्ञप्ती जारी गर्दै भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेको प्रति साझा पार्टीले गम्भीर आपत्ति प्रकट गरेको हो ।

साझा पार्टीका प्रपक्ता डा.सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘भारत सरकारको यो कदम अन्तराष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो हस्तक्षेप हो ।’

भारतबाट भएको सीमा अतिक्रमणको साझा पार्टीले निरन्तररुपमा विरोध गर्दै आएको उल्लेख गर्दै साझा पार्टीले नेपाल–भारत बीचको सदियौंदेखि रहिआएको घनिष्ट सम्बन्ध अझ नयाँ उचाईमा पुर्याउनु पर्नेमा भारत सरकारको यो कदम प्रत्युत्पादक हुने ठहर गरेको छ ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयँंग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिन समेत साझाले आग्रह समेत गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा