मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

एकै ठाउँमा सात जातिका घर

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आजदेखि गर्न लागेको तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवस्थलमा विभिन्न सात जातिका घर निर्माण गरिएका हुन् ।
जिल्लाको व्यास नगरपालिका–४ सिमलटारमा जनजातिका नमूना घर निर्माण गरिँदै । बुधबारदेखि शुरु हुने तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवमा आउने दर्शकलाई जनजातिको रहनसहन र संस्कृतिबारे जानकारी दिन सात जातिका नमूना घर निर्माण गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने, दमौ

 

दमौली । जनजातिको रहनसहन र संस्कृतिबारे जानकारी दिन एकै ठाउँमा सात जातिका घर निर्माण गरिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आजदेखि गर्न लागेको तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवस्थलमा विभिन्न सात जातिका घर निर्माण गरिएका हुन् ।

व्यास नगरपालिका–४ सिमलटारमा दरै, कुमाल, थारू, मगर, गुरुङ, बोटे र भुजेल जातिका घर निर्माण गरिएका परिषद्का अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिए । महोत्सव घुम्न आउने सर्वसाधारणलाई जनजातिको रीतिरिवाज र संस्कृतिबारे जानकारी प्रदान गर्न नमूना घर निर्माण गरिएका उनले बताए ।

घर्तीका अनुसार उक्त घरहरुमा उनीहरुका संस्कृति झल्कने सामग्रीसमेत प्रदर्शन गरिनेछ । “महोत्सव अवलोकन गर्न आउनेलाई एउटै थलोबाट विभिन्न जनजातिको परम्परागत घर र संस्कृतिबारे जानकारी होस् भन्ने उद्देश्यसाथ घर निर्माण गरेका छौँ”, उनले भने, “जसले गर्दा महोत्सवलाई आकर्षण थप्नेछ ।” अहिलेका पुस्तालाई जनजातिका परम्परागत घरबारेमा जानकारी नहुने भएकाले महोत्सवका अवसरमा त्यस्ता घर प्रदर्शन गर्न लागिएको घर्तीले बताएका थिए । 

बाँस र खर प्रयोग गरी बनाइएका घरलाई निकै आकर्षक बनाइएको छ । ‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने मूल नारासहित हुने महोत्सव यही कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । दुई सय ३० कक्ष रहने महोत्सवमा रु तीन करोड बराबरको आर्थिक कारोवार हुने र तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवका प्रवक्ता नन्दु थापाले जानकारी दिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा