बुधबार, ४ मङ्सिर, २०७६ Wednesday, 20 November, 2019

एमसीसीविरुद्ध नेपाल : १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गर्दै नेपाल

आजको खेलबाटै औपचारिक रुपमा ज्ञानेन्द्र मल्लले कप्तानको भुमिकामा पहिलो अन्तर्राष्ट्रिय खेलको नेतृत्व गर्ने छन् ।

 

काठमाडौं। आज नेपालले १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गर्दैछ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेपाल भ्रमणमा रहेको मार्लवन क्रिकेट क्लब (एमसीसी)विरुद्ध सन् २००५ पछि पहिलोपटक प्रथम श्रेणीको खेल खेल्दैछ । 

आजको खेलबाटै औपचारिक रुपमा ज्ञानेन्द्र मल्लले कप्तानको भुमिकामा पहिलो अन्तर्राष्ट्रिय खेलको नेतृत्व गर्ने छन् । प्रथम श्रेणीको खेलमा स्वंयम कप्तान ज्ञानेन्द्र मल्ललेसमेत डेब्यू खेल खेल्दै छन् भने टोलीमा परेका सोमपाल कामी र शरद भेषावकर बाहेक सबै खेलाडी पनि पहिलो खेल हुनेछ। 

नेपाल भ्रमणमा रहेको एमसीसी टिमले आइतवार पहिलो खेलमा नेपाली यू-१९ टोलीलाई ३८ रनले हराएको थियो भने दोस्रो खेलमा सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग ५ विकेटले पराजित भएको थियो। 

नेपाली टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), बिनोद भण्डारी, जितेन्द्र मुखिया, करण केसी, ललित नारायण राजवंशी, पवन सरार्फ, आरिफ शेख, वसन्त रेग्मी, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भषवकर र सोमपाल कामी ।

एमसीसी टोली :

जिमी एडम्स (कप्तान), एड योङ, यासिर अरफत, क्रिस राइट, विल रोड्स, क्यलम ज्याक्सन, बिलि गोडलम्यान, टम वेस्टली, विल भानडरसपार, माइल्स ह्यामन्ड, ओलिभर ह्यानन, एलेक्स स्पेन्सर, एलेक्स थोमस ।
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा