बुधबार, ४ मङ्सिर, २०७६ Wednesday, 20 November, 2019

नेकपाद्वारा सातवटै प्रदेश प्रमुखको नाम सिफारिस

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार (आज) बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सात वटै प्रदेश प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार (आज) बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

आइतबार (हिजो) मात्रै सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवि भण्डारीले  सातैवटा प्रदेश प्रमुख बर्खास्त गरेकी थिइन् । प्रदेश प्रमुखहरु नहुँदा संवैधानिक संकट आउने हुँदा सचिवालय बैठकको सिफारिशमा सोमबारै (आजै) सातै प्रदेश प्रमुखहरुको नियुक्त गर्ने तयारी भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

को को परे सिफारिसमा ?

प्रदेश नम्बर १         : शर्मिला त्रिपाठी (काठमाडौं) 
प्रदेश नम्बर २        :  धर्मनाथ यादव (सिरहा)
प्रदेश नम्बर ३        :अमिक शेरचन (चितवन)
गण्डकी प्रदेश       : सोमनाथ अधिकारी प्यासी  (कास्की)
प्रदेश नम्बर ५       : विष्णु प्रसाई  (झापा)
कर्णाली प्रदेश       :तिलक परियार (बाँके)
सुदुरपश्चिम प्रदेश  :गोविन्द कलौनी (डडेल्धुरा)
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा