बिहीबार, ५ मङ्सिर, २०७६ Thursday, 21 November, 2019

नेपालले एमसीसीलाई ५ विकेटले हरायो, नायक बने पवन

आजको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पूर्व कप्तान पारस खड्का, स्पिनर सन्दीप लामिछाने र सोमपाल कामी भने टोलीमा परेका थिएनन्।
नेपाली राष्ट्रिय क्रिकेट टोली।


काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेपाल भ्रमणमा रहेको मार्लवन क्रिकेट क्लब (एमसीसी)लाई ५ विकेटले पराजित गरेको छ । एमसीसीले दिएको २ सय २ रनको विजयी लक्ष्य नेपालले ३७.३ ओभरमा ५ विकेट गुमाएर भेट्यायो। 

नेपालको जितमा विकेटकीपर विनोद भण्डारीले ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले।अर्धशतकीय इनिङ खेलेका भण्डारीले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै अर्का ब्याट्सम्यान पवन सरार्फले आक्रमक ब्याटिङ गर्दै ४ चौका र २ छक्का सहित ३८ रनमा अविजित रहे । पवन र विनोदले पाँचौ विकेटका लागि नटआउट ६९ रनको साझेदारी गरे ।

ओपनर इशान पाण्डे ४ रन जोड्दा यासिर अराफातको पहिलो ओभरको दोस्रो बलमै पेभिलिएन फर्किएका थिए । अराफातकै पाँचौ ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा क्याच आउट गराए । खेलको १८ औं ओभरको दोस्रो बलमा शरद भेषवकर ४ चौका सहित २४ रन बनाएर क्याच आउट भए । शरद आउट भएलगतै दीपेन्द्र सिंह ऐरी २३ रनमा क्याच आउट हुन पुगे । २९ औं ओभरमा आरिफ ३ चौका सहित २३ रन बनाएर क्याच आउट भए । आजको खेलमा नेपालले ३१ रन 'एक्स्ट्रा' पाएको थियो 

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसी ४० औं ओभरमा अल आउट हुँदै २ सय १ रनमा समेएको थियो । नेपालले पहिलो सफलता ११ औं ओभरमा हात पारेको थियो । नेपालका लागि पवन शर्राफले अर्धशतक बनाएका विली गोल्डम्यानलाई आउट गरे । दोस्रो सफलता ललितनारायण राजवंशीले दिलाए । स्पिनर ललितले १९ औं ओभरको दोस्रो बलमा ललितले टम वेस्लेलाई आउट गरे । नेपालका लागि अभिनाश बाेहाेराले चाैथाे विकेट लिए । 

त्यस्तै ललितले नेपालका लागि पाँचाै सफलता दिलाए । व्यक्तिगत तेस्राे विकेट लिएका उनले मिल्स हामाेन्डलाई २ रनमा आउट गरे । साे बेला एमसीसीकाे स्काेर १६७ रन थियाे । त्यसपछि १७९ रन हुँदा नेपालले छैटौं विकेट लियाे । उसका कप्तान जिमी एडम्स १० रनमा पवनकाे बलमा पेभेलियन फर्किए ।

एमसीसी विरूद्द अन्तिमतिर हावी देखिएकाे नेपालले एक सय ९६ रन हुँदा साताै विकेट लियाे । एमसिसीका कालुम ज्याक्सनलाई ललितले ११ रनमा आउट गरे । खेलमा ललितकाे त्यो व्यक्तिगत चाैथाे विकेट थियो । लगत्तै नेपालले आठौँ विकेट लिन सफल भयाे । एलेक्स थाेमसनला क्याच आउट भए ।एमसीसीमा १९७ रनमा ८ विकेट गुमायो । त्यसै ओभरमा पवनले दाेस्राे विकेट लिएपछि एमसीसीले नवौँ विकेट पनि गुमायाे । पवनले खेलमा चार विकेट लिन सफल भए । अन्तिममा विकेट भने करणले लिए। 

आजको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पूर्व कप्तान पारस खड्का, स्पिनर सन्दीप लामिछाने र सोमपाल कामी भने टोलीमा परेका थिएनन्। एमसीसीले आइतवार (हिजो) पहिलो खेलमा नेपाली यू-१९ टोलीलाई ३८ रनले हराएको थियो । 

 

एमसिसीको नेपाल भ्रमण तालिका: 

 

किर्तिपुर मैदानमा:

कात्तिक १७ गते – नेपाल यु–१९ भर्सेस एमसिसी (५० ओभर)
कात्तिक १८ गते – नेपाल भर्सेस एमसिसी (५० ओभर)
कात्तिक २० देखि २२ सम्म – नेपाल भर्सेस एमसिसी (तीनदिवसीय– पहिलो श्रेणी)
कात्तिक २३ गते – नेपालको मिश्रित टिम भर्सेस एमसिसी (टी–१०)

 

पोखरा मैदान:
कात्तिक २५ गते – नेपाल आमान्त्रित ११ भर्सेस एमसिसी (टी–२०)
कात्तिक २६ गते – मुख्यमन्त्री ११ भर्सेस एमसिसी (टी–२०)
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा