सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

नेपाल आयरल्याण्डसँग पराजित, भोलि अन्तिम खेल ओमान विरुद्व खेल्ने

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।
पारस खड्का नेपाली कप्तान । फायल फोटो

 

काठमाडाैं । पाँच राष्ट्र सम्मिलित 'पेन्टागुलर' टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल टेष्ट राष्ट्र आयरल्याण्डसँग १३ रनले पराजित भएको छ।

आयरल्याण्डले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १९.५ बलमा अलआउट हुँदै जम्मा १ सय ३३ रन मात्र जोड्न सक्यो। नेपालका लागि आरिफ शेखले २५, कप्तान पारस खड्काले २५ र इशान पाण्डेले २२ रनको योगदान दिए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले १९ र कारण केसीले १६ रनको बनाए भने अन्य कुनै पनि ब्यत्स्म्यान्ले दोहोरो अंकको रन जोड्न सकेनन्। 

नेपालका लागि सन्दिप लामिछाने र अविनाश बोहोराले समान दुई-दुई विकेट लिए। त्यस्तै ललित राजबंशी र करण केसीको नाममा पनि समान एक-एक विकेट रह्यो। दुई आयरल्याण्ड ब्याट्सम्यान रन आउट भए। 

प्रतियोगिताको दाबेदार टिम आयरल्याण्डको लागि पल स्टर्लिङ्गले ४७ बलमा २ छक्का र ६ चौकाको मद्दतले ५९ रन बनाए।  एन्डी बलबर्नीले ३८ रन बनाउँदा स्टुवार्ड थोमप्सनले २१ रनको महत्वपूर्ण योगदान गरे। त्यस्तै आयरल्याण्डको लागि मार्क एडाईर र जर्ज डकरिलले तीन-तीन विकेट लिए। 

अल अम्रेट क्रिकेट मैदानमा नेपाल आयरल्याण्डलाई हराउँदै तेस्रो जित निकाल्न चाहन्छ । नेपालले पहिलो खेलमा हङकङलाई  र दोस्रो खेलमा नेदरल्याण्डलाई समान चार विकेटले हराएको थियो ।

तीन खेल खेलेको नेपाल ४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । आयरल्याण्ड भने ४ खेल खेल्दै तीनमा जित र एकमा हार सहित ६ अंक नै जोडेर शिर्ष स्थानमा रहेको छ। अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग भोलि खेल्नेछ । नेपाललाई यस पाँच राष्ट्र सम्मिलित 'पेन्टागुलर' टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज जित्ने अंकगणितीय सम्भावना मात्र बाँकि। छ 

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

 

 

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा