सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

‘मौलाकालिका शान्ति दौड’ को उपाधि राईलाई

चितवनको नारायणगढस्थित लायन्सचोकदेखि नवलपुरको गैँडाकोटस्थित मौलाकालिका मन्दिरसम्मको दूरी २५.४० मिनेटमा पार गर्दै सिरहाका गजेन्द्र राईले उपाधि जितेका हुन् ।
प्रतिनिधिमुलक फोटो / वेब

 

भरतपुर । ‘२०औँ नारायणगढ लायन्स लियो खुला मौलाकालिका शान्ति दौड’ प्रतियोगिताको उपाधि गजेन्द्र राईले जितेका छन् ।

चितवनको नारायणगढस्थित लायन्सचोकदेखि नवलपुरको गैँडाकोटस्थित मौलाकालिका मन्दिरसम्मको दूरी २५.४० मिनेटमा पार गर्दै सिरहाका गजेन्द्र राईले उपाधि जितेका हुन् ।

नारायणगढ लायन्स क्लब र लियो क्लब अफ नारायणगढको आयोजनामा भएको प्रतियोगितामा उनले  नगद रु १५ हजार र प्रमाणपत्र प्राप्त गरे । यस्तै २५.५० मिनेटमा दूरी पार गर्दै भोजपुरका सविन तामाङ द्वितीय भए भने २७.१० मिनेटमा दूरी पार गर्दै जुम्लाका वीरेन्द्र रावल तृतीय भएका थिए । उनीहरुले क्रमशः रु १० हजार र पाँच हजार पुरस्कार प्राप्त गरेका थिए ।

यस्तै चौथोदेखि १०औँ स्थान हासिल गरेका सात जनाले नगद रु एक/एक हजारको सान्त्वना पुरस्कार प्राप्त गरेको नारायणगढ लायन्स क्लबका पूर्वअध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । उनीहरुलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टुका द्वितीय गर्भनर रामप्रसाद भट्टले पुरस्कार प्रदान गरे । प्रत्येक वर्ष फूलपातीको दिन खुला शान्ति दौड प्रतियोगिता आयोजना हुँदै आएको छ ।  प्रतियोगितामा ४५ जनाले सहभागिता जनाएका थिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा