सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

सोलुको तिङलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ९ जना घाइते

चालक नेचासल्यान गाउँपालिका-२ स्थित खाल्पाका लेख बहादुर खड्काको मृत्यु
फोटो: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु 


 

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-११ स्थित तिङलाको महादेव भिर क्षेत्रमा टाटा सुमो जिप र बोलेरो जिप दुर्घटना ठोक्किँदा बोलेरोका चालकको मृत्यु भएको छ । घटनामा थप ९ जना घाइते भएका छन् ।

काठमाण्डौंबाट नेचातर्फ जादै गरेको ना. १ ज. ५३४२ नम्बरको टाटा सुमो र नेचाबाट सल्लेरी तर्फ आउदै गरेको बा. १५ च. ९४२० नम्बरको बोलेरो महादेव भिरको जिप गुप्तेश्वर महादेव बोलेरो जीप सुमो जिपमाथि खसेको थियो ।

तिङला-सल्यान सडक खण्डमा हिजो (शनिबार) राती करिब ११ बजेतिर सुमो र बोलेरो जिप दुर्घटना ठोक्किँदा बोलेरोका चालक नेचासल्यान गाउँपालिका-२ स्थित खाल्पाका लेख बहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोलेरोमा चालक एक्लै थिए भने सुमोमा यात्रा गरिरहेका घाइतेहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा