आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

चर्को आवाजमा बास्ने भालेविरुद्ध मुद्धा, भालेको समर्थनमा हजारौँ फ्रान्सेली उर्लिए

यो मुद्धाबारे फ्रान्सभरि चर्चा सुरु भएको छ । झन्डै एक लाख ४० हजारले त मौरिस नामक भाले अङ्कित टि-शर्टमा 'लेट मि सिङ्ग' नारासहितको 'सेभ मौरिस' पिटिसन नै चलाए।  
मौरिस नामका भाले र मालिक करिन फेसेउ। फोटो: एएफपी

 

एजेन्सी। फ्रान्सको एक अदालतमा मौरिस नामक भालेविरुद्ध परेको मुद्धामा आज अन्तिम फैसला हुँदैछ।

धेरै बासेर होहल्ला गरेको भन्दै स्थानीय एक दम्पतीले रोचेफर्टस्थित एक अदालतमा मुद्धा हालेका थिए। 

अदालतले आफ्नो पहिलो फैसलामा भाले धनीलाई चार हजार युरो (करिब पाँच लाख  नेपाली रुपैयाँ) जरिवाना समेत तोकेको थियो । तर, भाले धनीले यसमा आपत्ति जनाउँदै सोहि दिन अर्को अदालतमा अपिल दर्ता गराएका थिए।

यदि अदालतले पहिलेक फैसला सदर गरिदिए भाले मालिक करिन फेसेउले १५ दिन भित्रमा त्यो ठाउँ छाड्नु पर्नेछ वा भालेलाई शान्त बनाउनु पर्नेछ । अन्यथा, अदालतकाे फैसलाअनुसार उनीहरूले ठुलो आर्थिक जरिवाना तिर्नु पर्ने एएफपीले उल्लेख गरेकाे छ। 

यो मुद्धाबारे फ्रान्सभरि चर्चा सुरु भएको छ । झन्डै एक लाख ४० हजारले त मौरिस नामक भाले अङ्कित टि-शर्टमा 'लेट मि सिङ्ग' नारासहितको 'सेभ मौरिस' पिटिसन नै चलाए।  

त्यो मुद्धालाई फ्रान्सको पवित्र ग्रामीण सम्पदाबिरूद्ध व्यापक धम्कीको हिस्साको भएको ग्रामिण बासिन्दाको आरोप छ। शहरका बासिन्दाहरूले देशको जीवनको वास्तविकता बुझ्न नसकेको आलोचकहरूले टिप्पणी गरेका छन् । उनीहरुले फ्रान्सको ग्रामीण इलाकाको स्थापीत प्राकृतिक र परम्परागत ध्वनिमाथि शहरीहरूले आक्रमण गरेको भन्दै ठुलो विरोध र आलोचना गरेका छन्।  

मौरिसका मालिक करिन फेसेउले जुलाईमा पश्चिमी फ्रान्सको रोचेफर्टमा अदालतलाई उनको घरको भालेको आवाजको विषयमा कसै-कसैले पनि गुनासो नगरेको बताएकी छन् । तर, ग्रीष्ममा अवकाश लिएर छुट्टीमा आएका एक जोडिले मात्र भालेकाे चर्काे आवाजले समस्या परेकाे गुनासाे गरेकाे उनले  बताएकी छन्।

सिएनएनका अनुसार अदालतकाे आदेशपछि फेसेउले आफ्नो भालेलाई शान्त पार्न राती कालो रङ्गको कपडाले छोप्ने गरेकी छन् ।  उनले भालेले बिहान भएको थाहा नपाओस् भनेर आफूले यसाे गर्नुपरेकाे बताइन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा