मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

गगन थापाले प्रधानमन्त्रीलाई भने–धपेडी भयो बा, अब विश्राम लिनुस्

प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा विरामी हुनुभएको भए के भन्थ्यौ? बा धपेडी नगर्नुहोस्। बा आराम गर्नुहोस्। बा विश्राम लिनुहोस्।

 

काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अस्वस्थताका बाबजुत विदेशमै रहेर भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई  सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले कार्यकारी प्रमुख लामो समयसम्म देश बाहिर बस्दा मुलुकको राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादा आदिमा जोखिम उत्पन्न हुने भन्दै प्रधानमन्त्रीलाई  सुझाव दिएका हुन् ।

थापाले भनेका छन्,  ‘मैले धेरै पटक नेपाल कम्युनिष्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गर्ने गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा विरामी हुनुभएको भए के भन्थ्यौ? बा धपेडी नगर्नुहोस्। बा आराम गर्नुहोस्। बा विश्राम लिनुहोस्। हामी हाम्रो बालाई यसो भन्छौ। तर प्रधानमन्त्री बालाई त्यसो भन्न किन सक्दैनौ?’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा