आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

राष्ट्रिय फुटबल टिमको क्याप्टेनमा सुजल श्रेष्ठ 

मलेसियन लिग च्याम्पियन क्लबसँग खेल्ने नेपाली टिमको क्याप्टेनमा श्रेष्ठ चयन भएका हुन् । श्रेष्ठ मनाङ मर्स्याङ्दी क्लबका मिडफिल्डर हुन् ।
फायल फोटो : सुभाष हुमागाईं/फेसबुक

 

काठमाडौं । राष्ट्रिय फुटबल टिमको क्याप्टेनमा सुजल श्रेष्ठ चयन भएका छन् ।

मलेसियन लिग च्याम्पियन क्लबसँग खेल्ने नेपाली टिमको क्याप्टेनमा श्रेष्ठ चयन भएका हुन् । नेपाली टिम आजै साँझ मलेसिया प्रस्थान गर्दै छ ।

यसअघिका कप्तान विराज महर्जन टोलीमा नपरेपछि मलेसियासँग खेल्ने टिमको कप्तान श्रेष्ठ भएका हुन् । श्रेष्ठ मनाङ मर्स्याङ्दी क्लबका मिडफिल्डर हुन् ।

आगामी भदौ ९ गते मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली राष्ट्रिय फुटबल टोली आज राति १० बजे मलेसिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

मलेसिया जाने नेपाली टोलीको गोलकिपरमा विकेश कुथु, एलन न्यौपाने र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ र रजिन धिमाल छन् ।

त्यसैगरी, मिडफिल्डरमा सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा