आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

नेइमार नआउने पक्का ! बर्सिलोनाको संकट मोचन कसले गर्ला ?

पि.एस.जिले सिधै नभने पनि बार्सिलोनालाई नेइमार बेच्न चाहन्दैन किन भने उसको सम्बन्ध क्याटालोनिया क्लबसँग विगतदेखि नै खासै राम्रो छैन।
फोटो: स्पोट्स एसिन्सियल्ली

 

काठमाडौँ। स्पेनिस महारथी क्लब बार्सिलोना अहिले संकटबाट गुज्रिरहेको छ। क्लबलाई रिजल्टको संकट छ, खेलाडीको 'फिटनेस' को संकट छ, आर्थिक कारोबार सीमाले गर्दा खेलाडी अनुबन्ध गर्ने संकटमा छ। 

क्लबलाई रिजल्टको संकट गत सिजनको अन्त्यतिरबाट सुरु भयो। सबैले अपेक्षा गरेका थिए गत सिजन बार्सिलोनाले 'ट्रेबल' ट्रफी जित्नेछ भनेर। देखिन्थ्यो पनि त्यस्तै ला लिगामा कुनै पनि क्लबले भेट्ने छाँटकाँट देखाएका थिएनन्। कोपा डेल रे को फाइनल पुगेको थियो। च्यम्पिन्स लिगको पहिलो लिगमा अर्को दाबेदार क्लब लिभरपुल (जसले पछि फाइनलमा टोटेनहामलाई हराएर च्याम्पियन्स लिग जित्यो ) माथि ३-० को जित हाँसिल गरेको थियो। तर अपेक्षा भन्दा फरक नतिजा उसले भोग्नु पर्यो।  लिभरपुलसंग अनपेक्षित हार बेहोर्नु पर्यो। कोपा डेल रे पनि भ्यालेन्सियालाई सुम्पिनु पर्यो। 

त्यो 'डीजास्टर' ले २०१९ /२० को ला लिगामा पनि छाडेन। उसले ला लिगाको पहिलो खेलमा नै एथ्लेटिक बिल्वाओसँग १-० ले पराजित भयो। त्यो भन्दा अगाडी भएको बर्सिलोनाको प्रि- सिजन पनि उत्कृष्ट रहेन। चेल्सिसंग २-१ ले हार बेहोर्यो भने खेलमा जापानिज क्लबलाई २-० ले पराजित गर्यो। त्यसपछि आर्सनल र नापोलिलाई पराजित गरे पनि उसले सामान्य भन्दा राम्रो खेल सकेन। 

अन्तर्रास्ट्रिय जिम्मेवारी सकेर फर्केका आफ्नो कप्तानलाई बार्सिलोनाले प्रि-सिजनको ट्रेनिङ्गमा नै चोट बोकेपछि अमेरिकामा तय भएको खेल खेल्न लैजान सकेन। खेलाडी घाइते हुने क्रम ला लिगाको पहिलो खेलबाटै सुरु भयो उसले आफ्नो स्टार खेलाडीहरु लुइस स्वारेज र डेम्बेलेलाई पनि चोटका कारण गुमाउनु पर्यो। निरन्तर खराब नतिजाबाट गुज्रिनु अनि आफ्ना स्टार खेलाडीहरु घाइते भैराख्नुले क्लब एक किसिमले चरम दवाबमा परेको छ। 

निक्कै समयको पर्खाइपछि फ्रेन्च तथा एथ्लेटिक म्याड्रिड स्टार ग्रिजम्यानलाई १२० मिलियन पाउण्डमा किन्यो। त्यस्तै आयक्स मिडफिल्डर डी जोङ्गलाई ६५ मिलियन पाउण्डमा ल्यायो। झन्डै २०० मिलियन दुइ वटा खेलाडीमा खर्चिनु अनि अन्य खेलाडीहरुमा झन्डै १०० मिलियन खर्चेपछि उसको अरु खेलाडी किन्ने बाटो खर्च गर्ने सीमाको कारण सकियो। 

बर्सिलोनाको 'लाइन अप' हेर्दा सजिलै जो कोहि क्लबलाई हराउँछ जस्तो देखिए पनि उसको प्रि-सिजनको प्रदर्शन र लिगको पहिलो खेलले गलत साबित गर्यो। लिभरपुलबाट १६० मिलियनमा किनेको कुटिन्हो फ्लप भैसकेका थिए भने डेम्बेले पनि सोचे जस्तो खेल्न सकेनन्। बर्सिलोनाको डिफेन्स पनि निक्कै फितलो दखियो। 

यो परिस्थितिले अब नयाँ बाटो तय गर्नु पर्ने देखायो र त्यहि अनुरुप उसले कोटिन्होलाई जसरि पनि बेच्ने र उसको सट्टामा आफ्नो कप्तान मेस्सिले एकदमै रुचाएको नेइमार भित्र्याउने। बार्सिलोनाले अनेक अफर बनायो तर पेरिस सेन्ट जर्मान (पि.एस.जि) ले आजको मितिसम्म कुनै पनि अफर स्वीकार गरेन।  नेइमार आफ्नो क्लब भित्र्याउने होडमा रियाल म्याड्रिड र युभेन्टस पनि थपिए। पि.एस.जिले सिधै नभने पनि बार्सिलोनालाई नेइमार बेच्न चाहन्दैन किन भने उसको सम्बन्ध क्याटालोनिया क्लबसँग विगतदेखि नै खासै राम्रो छैन। यदि बेच्नु नै परे पनि निकै ठुलो नाफामा मात्र दिन चाहन्छ।

अनेक अफर र खेलाडी किनबेचको 'स्किम' बनेका ब्राजिलियन कुटिन्होलाई बार्यन म्युनिकले एक वर्षको लागि पछि १२० मिलियनमा अर्को सिजन किन्न सक्ने सहमतिमा लोनमा जर्मनी लग्यो। तर बर्सिलोनाको संकट भने अबको नतिजा र खेलाडीहरुको प्रदर्शनले थप निर्धारण गर्नेछ। पछिल्लो दिनको मिडिया रिपोर्ट हेर्ने हो भने अब बार्सिलोनाले  नेइमारको सपना देख्नु भन्दा पनि आफुसंग भएका खेलाडीको सहि पहिचान गरेर सहि रणनीति सहित राम्रो नतिजा कसरी ल्याउने भन्नेमा हुनुपर्छ। त्यस्तै सधै आलोचनाको तारो बन्ने बार्सिलोनाका कोच अर्नेस्टो भाल्भेर्दोले पनि आफ्नो आलोचकको मुख बन्द गर्न सुखद नतिजा ल्याउनुको विकल्प छैन नत्र उनी बर्खास्तीको तयारी गर्नुको विकल्प रहने छैन। अब क्लबको नतिजा र भाल्भेर्दोको रणनीतिले पनि बार्सिलोनाको सिजन निर्धारण गर्नेछ। मूल कुरा बार्सिलोनाले समाधान क्लब बाहिर भन्दा पनि आफु भित्र खोजे भेट्नेछ। 

फोटो: एजेसीहरुबाट 
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा