आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

‘सुसाइड नोट’ लेखेर सिंहदरबारभित्रै नासुद्वारा ‘आत्महत्या’

कीर्तिपुर नगरपालिकाको टौदहका स्थायी बासिन्दा रहेका नासु केसीले मंगलबार कार्यालयमा विष सेवन गरी ‘आत्महत्या’ गरेका र उनको साथबाट ‘सुसाइड नोट’ भेटिएको प्रहरीले बताएको छ ।
फायल फाेटाे : वेब

 

काठमाडौं । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसीले सिंहदरबारभित्र आफ्नै कार्यालयमा विष सेवन गरी आत्महत्या गरेका छन् ।

कीर्तिपुर नगरपालिकाको टौदहका स्थायी बासिन्दा रहेका नासु केसीले मंगलबार कार्यालयमा विष सेवन गरी ‘आत्महत्या’ गरेका र उनको साथबाट ‘सुसाइड नोट’ भेटिएको प्रहरीले बताएको छ ।

‘सुसाइड नोट’मा आफ्नै कारणले आत्महत्याको बाटो रोजेको उल्लेख गर्दै उनले लेखेको छन्, ‘मेरो आफ्नै कारणले यो बाटो रोजेको हुँ यसमा कसैको पनि दोष छैन ।’

महानगरीय प्रहरी परिसर काठमाडौंले उनी मृत भेटिएको ठाउँमै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधि 'सलफस' नामको विषादीको डिब्बा र केरा बरामद भएको बताएको छ । प्रहरीले फरेन्सिक भ्यानसहितको विज्ञ टोलीलाई झिकाएर मुचुल्का उठाइएको र थप अनुसन्धान अगाडी बढाएको छ ।

सुरक्षा घेराभित्र रहेको कार्यालयभित्रै कर्मचारीले किन आत्महत्या गरे भन्ने विषयमा प्रहरीले अनुसन्धान केन्द्रित गर्दै सीसीटीभी फुटेज हेरेर समेत अनुसन्धान गरिरहेको बताएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा