लिभरपुल युरोपेली सुपर कप च्याम्पियन 

नियमित र अतिरिक्त समयसम्ममा खेल २-२ मा सकिएपछि पेनाल्टीबाट विजेताको छिनोफानो भएको थियो। 

 

एजेन्सी। सन् २०१८/ १९ को च्याम्पियन्स लिग च्याम्पियन लिभरपुलले पेनाल्टी सुटआउटमा युरोपा लिग च्याम्पियन चेल्सीलाई ५-४ ले पराजित गर्दै यस सिजनको युरोपेली सुपर कप जितेको छ । 

नियमित र अतिरिक्त समयसम्ममा खेल २-२ मा सकिएपछि पेनाल्टीबाट विजेताको छिनोफानो भएको थियो। 

खेलको पहिलो हाफको ३६ औं मिनेटमा चेल्सीले अग्रता लिएको थियो । फ्रान्सेली फरवार्ड ओलिभिएर जिरुडले गोल गरेका थिए । तर दोस्रो हाफको सुरुवातमा नै साडियो मानेले खेल बराबरीमा ल्याए ।

खेल निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल ३० मिनेट समय थप गरिएको थियो । अतिरिक्त समयको ९५ औं मिनेटमा मानेले नै लिभरपुललाई  २- १ अगाडी बढाए । त्यसको ६ मिनेट नबित्दै चेल्सीले पेनाल्टी गोल गर्दै खेल बराबरीमा भयो ।

पेनाल्टी सुटआउटमा लिभरपुलको सबै प्रहार सफल हुँदा चेल्सीका ट्यामी अब्राहम निर्णायक प्रहारमा चुके । लिभरपुलका गोलरक्षकले उनको प्रहार बचाउँदै उपाधि दिलाए । यो संगै लिभरपुलको चौथो सुपर कप उपाधि र उ भन्दा अगाडि बार्सिलोना र एसी मिलानले ५-५ पटक यो उपाधि जितेका छन् । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा