बुधबार, ४ भदौ, २०७६ Wednesday, 21 August, 2019

सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले पुन: बोलाएर भिसा दियो

अमेरिकाले भिसा दिन अस्विकार गरेपछि सन्दिपले आफ्नो ट्वीटरमा प्रधानमन्त्री देखि पररास्ट्र मन्त्रिसम्मलाई मेन्सन गरेका थिए ।
फोटो: एसके स्पोर्टस

काठमाडौँ।  आज विहान भिसा दिन अस्विकार गरेको नेपालस्थित अमेरिकी दूतावासले नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई पुन: बोलाएर भिसा दिएको छ। 

दुतावासले लामिछानेलाई पुन भिसा प्रक्रियाका लागि आज दिउँसो बोलाएपछि उनले त्यहाँ भिसाको सबै प्रक्रिया पुरा गरेपछि भिसा दिएको हो । 

 

भिसा पाएपछि सन्दीपले अमेरिकी दुतावासलाई सहयोगी भूमिका निर्वाह गरेको भन्दै धन्यवाद  दिएका  छन्। साथै सबै शुभचिन्तक तथा सम्बन्धित निकायहरुलाई समेत धन्यवाद भन्दै ट्युइट गरेका छन्। 

उनले लेखेका छन्,'अन्तत भिसाको विषय समाधान भएको छ। सहयोगी भुमिका निर्वाह गरेकोमा अमेरिकी दुतावासलाई धेरै धन्यवाद। सबै मेरा शुभचिन्तक तथा सम्बन्धित निकायका सबैलाई महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धेरै-धेरै धन्यवाद दिन चाहनछु।'

क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जानका लागि सन्दीपले मंगलबार बिहान दूतावासमा भिसाको लागि लिइने अन्तर्वार्ता दिनको लागि पुगेका थिए । तर, अमेरिकाले सन्दीपलाई भिसा दिन अस्विकार गरेको थियो ।

अमेरिकाले भिसा दिन अस्विकार गरेपछि सन्दिपले आफ्नो ट्वीटरमा प्रधानमन्त्री देखि पररास्ट्र मन्त्रिसम्मलाई मेन्सन गरेका थिए ।

सीपीएल टि-२० मा कुल ६ टिम रहेका छन्।  सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपले सेन्ट किट्स एण्ड नेभीस प्याट्रीएट्सको लागि ५ खेलमा कुल ७ विकेट लिएका थिए। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा