बुधबार, ४ भदौ, २०७६ Wednesday, 21 August, 2019

सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्विकार

सन्दिपले आफ्नो ट्वीटरमा आश्चर्यप्रकट गर्दै प्रधानमन्त्री देखि पररास्ट्र मन्त्रीलाई मेन्सन गरेर ट्युइट गरेका छन् ।
फायल फोटो : एसके स्पोर्ट्स

 

काठमाडौँ। सन्दिप लामिछानेले अमेरिकी दुतावासले भिसा दिन अस्विकार गरेको छ। सन्दिपले आफ्नो ट्वीटरमा आश्चर्यप्रकट गर्दै प्रधानमन्त्री देखि पररास्ट्र मन्त्रीलाई मेन्सन गरेर ट्युइट गरेका छन् ।

सन्दीपले लेखेका छन् “म आज क्यारेबियन प्रिमियर लिग २०१९ को लागि अमेरिकाको भिसाको लागि गएको थिए। राष्ट्रिय खेलाडीको रुपमा देशको प्रतिनिधित्व गर्दै २०१६ देखि म विश्वभर विभिन्न लिग खेलीरहेको छु। म आस्चर्यमा छु कि मेरो भिसा अस्विकार गरिएको छ।” साथै यो ट्युइटमा उनले अमेरिकी राजदुवास र प्रधानमन्त्रीलाई मेन्सन गर्दै ट्वीट गरेका छन्।

यस्तै आफ्नो दोस्रो ट्वीटमा सन्दिपले आफु निशब्द भन्दै – “सबै डकुमेन्ट पुरा गरेपछि पछि पनि यस्तो हुँदा म स्तब्ध र आस्चर्यचकित भएको छु। मलाई अब क्यारेबियन प्रिमियर लिगमा सहभागी हुन् मुस्किल हुनेछ” सन्दिपले लेखेका छन्। सन्दिपले आफ्नो क्लब, क्यारेबियन प्रिमियर लिग, पररास्ट्र मन्त्रि, पररास्ट्र मन्त्रालय हेल्लो सरकारलाई मेन्सन गर्दै ट्वीट गरेका छन्।

सीपीएल टि-२० मा कुल ६ टिम रहेका छन्।  सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपले सेन्ट किट्स एण्ड नेभीस प्याट्रीएट्सको लागि ५ खेलमा कुल ७ विकेट लिएका थिए। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा