बुधबार, ४ भदौ, २०७६ Wednesday, 21 August, 2019

'मेस्सी अर्जेन्टिनासँग भएको सबैभन्दा अमुल्य कुरा हो, उनी फुटबल भन्दामाथि छन्' : एनबिए स्टार   

'मैले मेस्सीलाई मज्जाले जानेको छु। म उनलाई फुटबल भन्दा निक्कै माथि र फरक कोणबाट हेर्न सक्छु '
फायल फोटो । एनबिए स्टार

 

एजेन्सी। एनबिए तथा अर्जेन्टिनाका पुर्व खेलाडी लुइस स्कोलाले आफ्नो देशको फुटबल टिमका कप्तान मेस्सीको प्रशंसा गर्दै मेस्सी अर्जेन्टिनासँग भएको सबैभन्दा अमुल्य कुरा  भएको र उनी फुटबल भन्दा माथिको रहेको  मुन्दो स्पोर्तिभो खेल पत्रिकालाई भनेका छन्। 

'मेस्सी हामीसँग भएको कुराहरु मध्ये सबैभन्दा अमुल्य कुरा हो। अर्जेन्टिनामा यो कुरालाई विवाद र छलफलको विषय बनाएको देख्दा मलाई हाँसो उठ्छ। मलाई लाग्छ उनीहरु झुटो कुरामा बोलिरहेका छन्।  म बुझ्न सक्दिन किन मानिसहरुले यो गरिरहेका छन्।' स्कोलाले भनेका छन्।  

अर्जेन्टिनाका पुर्व अन्तररास्ट्रिय बास्केटबल खेलाडी एक यस्ता खेलाडी हुन जसले मेस्सीको विषयलाई खेलकुदभन्दा फरक कोणबाट हेर्ने गरेक्का छन् । 

'मैले मेस्सीलाई मज्जाले जानेको छु। म उनलाई फुटबल भन्दा निक्कै माथि र फरक कोणबाट हेर्न सक्छु ' उनी थप्छन्। 

'म मेस्सीलाई अर्जेन्टिनासँग भएको कुराहरु मध्ये सबैभन्दा अमुल्य कुरा हो, हो अर्जेन्टिनासंग भएका मध्ये।' उनी जोड दिँदै भन्छन्, ''एउटा कुरा के हो भने उनी कहिले पनि अरुलाई ढाँटेर लडेको मैले आजसम्म देखेको छैन।  उनलाई पटक-पटक अरुले धेकेलेका छन्, छिर्के लगाएका छन्, तानेका छन्, समातेका छन् तर अन्तिम अवस्थासम्म नलड्ने र खेल्ने कोशिस गरिरहेको मात्र देखेको छु । हामी अर्जेन्टिनीहरुको पहिचान हो यो जुन उनले कायम गरेका छन् ' स्कोलाले थपेका छन्। 

 

फोटो स्रोत : गोल डटकम र बिबिसी स्पोर्ट्स  
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा