बुधबार, ४ भदौ, २०७६ Wednesday, 21 August, 2019

साझा पार्टीको केन्द्रीय सदस्यमा पूर्व ‘मिस नेपाल अर्थ’ पृया सिग्देल

गत वर्षकी ‘मिस नेपाल अर्थ’ पृया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा अनुमोदन गरेको छ ।

काठमाडौं । गत वर्षकी ‘मिस नेपाल अर्थ’ पृया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा अनुमोदन गरेको छ ।

देश भित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवाहरूलाई जोड्न लागि परेको साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले २४ वर्षीय सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो ।

‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी पृया सिग्देल पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था ‘हात्तीहात्तीडकी' संस्थापक अध्यक्ष पनि हुन् । उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नुको साथै ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिएकी छन् ।

सिग्देल भन्छिन्, “मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फेसन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रम प्रस्तोता नै हुने होला भन्ने हुँदो रहेछ । तर, मलाई चाहिँ भित्रैदेखि राजनीतिकरूपमा अघि बढेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर छ ।’

अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य रहेको बतउँदै अग्रज पुस्तासंग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको बताउँछिन् ।

साझा पार्टील एक प्रेस विज्ञप्तीमार्फत सानै उमेरमा सामाजिक उद्यम सुरू गरेर देश र विदेशमा युवा नेतृत्वकर्ताको रूपमा आफूलाई अघि बढाइरहेकी सिग्देलजस्ता युवा सामेल हुनु पार्टी निर्माणका लागि अत्यन्तै उत्साहजनक विषय हो भन्ने पार्टीको निष्कर्ष रहेको बताएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा