बिहीबार, ५ मङ्सिर, २०७६ Thursday, 21 November, 2019

कश्मीर विवाद: श्रीनगरमा विशाल जनप्रदर्शन, अश्रु ग्यास र गोली प्रहार [भिडियो]

भारतका सरकारी अधिकारीहरुले प्रदर्शन भएको अस्वीकार गरिरहँदा अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीसहित रोयटर्सले उक्त क्षेत्रमा विशाल जनप्रदर्शन भएको भिडियो सार्वजनिक गरिदिएका छन् ।
फाेटाे : गेट्टी इमेज

 

श्रीनगर । भारत सरकारको जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको निर्णयविरुद्ध विशाल जनप्रदर्शन भएको छ ।

गत सोमबार भारत सरकारले गरेको निर्णयपछि तनावपूर्ण माहोल तथा सुरक्षाकर्मीको बाक्लो तैनाथीबीच शुक्रबार श्रीनगरको सौरा र खानयार क्षेत्रमा ठूलो विशाल जनप्रदर्शन भएको हो ।

भारतका सरकारी अधिकारीहरुले प्रदर्शन भएको अस्वीकार गरिरहँदा अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीसहित रोयटर्सले उक्त क्षेत्रमा विशाल जनप्रदर्शन भएको भिडियो सार्वजनिक गरिदिएका छन् ।

बीबीसी अनुसार सुरक्षाकमीहरुले प्रदर्शनकारीमाथि अश्रु ग्यास र प्लाष्टिकको गोली ‘प्लेट’ प्रयोग गरेका छन् । बीबीसीले लेखेको छ, ‘भारत सरकारले जम्मू–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरिदिएपछि अहिले कश्मीर घाटीका अभूतपूर्व तनाव सुरु भएको छ ।’

बीबीसीले सार्वजनिक गरेको भिडियोमा ठूलो संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी भएको देखिन्छ । प्रदर्शनकारी दमन गर्न सुरक्षाकर्मीले गोली चलाएका देखिन्छ । भिडियोमा गोलीको आवाज प्रष्ट आवाज प्रस्ट सुनिएको छ । तर, शुक्रबारको प्रदर्शनमा के कति हताहती भयो भन्ने एकिन तथ्यांक मिल्न नसकेको बीबीसप्ले जनाएको छ ।

भारतीय सरकारी अधिकारीहरुले भने केहि मानिसहरु भेला भएर छिटफुट प्रदर्शन गरेको भएको दावी गरेका छन् । बीबीसीका अनुसार सरकारी अधिकारीहरु कश्मीर प्रदर्शनको घटनाका तथ्यहरू लुकाइरहेका छन् ।

यता, भारतीय गृह मन्त्रालयलकी एकजना प्रवक्ताले एक ट्विट ‘पीन’ नै गरेर भनेकी छन्, ‘  अन्तर्राष्ट्रिय समाचार संस्था रोयटससहित पाकिस्तानी सरकारी सञ्चारमाध्यम दावनले श्रीनगर बिरोध प्रदर्शनमा १० हजार मानिस सहभागी भएको बताएका छन् । यो पूर्ण रुपमा मनगणन्ते तथा गलत समाचार हो । त्यहाँ भएको प्रदर्शनमा २० जनाभन्दा बढी मानिसहरु सहभागी थिएनन् ।’ तर, प्रवक्ताको उक्त ट्वीटमार्फत गरिएको सरकारी दावी बीबीसी, रोयर्टसलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोले झुठो सावित गरिदिएको छ । 

बीबीसीले सार्वजनिक गरेको अर्को भिडियोमा संवादाता आमिर पीरजादाले भनेका छन्, ‘शुक्रबार नमाज प्रार्थनाको समयमा धेरै ठाउँमा स्थिति सामान्य थियो । केही स्थानमा ढुंगामुडा भएका समाचार बाहिर आएका थिए । त्यसबीच सैरा भन्ने स्थानमा विशाल प्रदर्शन भयो । हजारौँ मानिस सडकमा उत्रिए । शान्तिपूर्ण रुपमा भएको त्यो प्रदर्शन सुरक्षाकर्मीले दमन गर्न प्रयास गरे । दुवै पक्षबीच झडप भयो ।’ उनी बोल्दै गर्दा पछाडी सुरक्षाकर्मीहरुले गोली चलेको आवाज भिडियोमा प्रष्ट सुनिएको छ ।

मुस्लिम समुदायको बाहुल्य रहेको समस्याग्रस्त कश्मीरमा शुक्रबारको प्रार्थनामा जाने मुस्लिम समुदायलाई सहज बनाउन निषेधाज्ञा (कर्फ्यु) कम गरिएको सुरक्षा अधिकारीले बताएका छन् । कर्फ्यु १२ अगस्टसम्म जारी रहने सुरक्षा अधिकारीहरुले बताएका छन् ।

गत सोमबार भारत सरकारले जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरिदिएको थियो । विशेषाधिकार खारे गर्नुपुर्व आइतवार रातिदेखि जम्मू–कश्मीरमा त्यहाँका नेताहरूलाई नजरबन्द राखेर पक्राउ गरिएको छ ।

गृहमन्त्री अमित शाहले राज्यसभामा बोल्दै जम्मू–कश्मीरको पुनर्गठन गरिएको र सरकारले भारत प्रशासित साबिक जम्मू–कश्मीर राज्यलाई छुट्याउँदै दुई भागमा केन्द्रशासित प्रदेश बनाएको जानकारी दिएका थिए । अहिले जम्मु–कश्मीर राज्यलाई दुई हिस्सा लद्दाख र कश्मीरमा विभाजित गरेर केन्द्र शासित प्रदेशको दर्जा दिइएको छ । 

भारत सरकारले जम्मु–कश्मीरलाई प्रदान गरिएको विशेष अधिकार रद्द गरेपछि यहाँ भड्किन सक्ने सम्भावित हिंसालाई ध्यानमा राखी सोमबारदेखि इन्टरनेट वा टेलिफोन सेवा बन्द गरिएको तथा आवागमनमा कडा प्रतिबन्ध लगाइएको छ ।

कश्मीरमा हजारौंको संख्यामा थप सुरक्षाफौज पठाइएको छ । भारतको यस कदमलाई पाकिस्तान र केही भारतीय विपक्षी राजनीतिज्ञहरूले निन्दा गरेका छन् । 

भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार खारेज गरेको थियो । भारतको उक्त निर्णयप्रति विमति जनाउँदै पाकिस्तानले भारतको कदमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने जनाइसकेको छ ।

भारतीय विदेश मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा जम्मु काश्मिरलाई विशेष दर्जा प्रदान गर्ने भारतीय संविधानको धारा ३७० लाई खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला रहेको उल्लेख छ । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा