बिहीबार, ५ मङ्सिर, २०७६ Thursday, 21 November, 2019

मेस्सीको चोटमा उल्लेख्य सुधार, लिगको पहिलो खेल खेल्ने ! 

चोटमा सुधार देखिएसंगै मेस्सीले एक सातापछि सुरु हुने 'ला लिगा' को पहिलो खेल एटलेटिको विल्बावविरुद्द खेल्ने सम्भावना बढेको  छ। 
फोटो : मार्का अंग्रेजी


काठमाडौं। बार्सिलोनाका कप्तान लियोनल मेस्सीको जिम गरिरहेको भिडियो ओट्रोले सार्वजनिक गरेसँगै उनको खुट्टाको चोटमा उल्लेख्य सुधार भएको संकेत देखिएको छ। 

मेस्सीलाई खुट्टामा 'ब्यान्डेज' लगाएर जिम गरिरहेको स्पेनिस फुटबल न्युज पोर्टल मार्काले ओट्रोको भिडियोलाई उल्लेख गर्दै समाचार लेखेको छ। चोटमा सुधार देखिएसंगै मेस्सीले एक सातापछि सुरु हुने 'ला लिगा' को पहिलो खेल एटलेटिको विल्बावविरुद्ध खेल्ने सम्भावना बढेको  छ। 

अर्जेन्टिनाको रास्ट्रिय टिमबाट अन्तर्ररास्ट्रिय जिम्मेवारी सकेर मेस्सी पारिवारिक विदामा बसेका बार्सिलोना फर्किएका थिए।  बर्सिलोनाको प्रि-सिजन अभ्यासमा फर्केको एकदिनपछि नै मेस्सीलाई तिघ्रामा चोट लागेको थियो। 

प्रि-सिजनको अमेरिका भ्रमण गर्न तयारी गरेका मेस्सिले चोटपछि आफ्नो भ्रमण रद्द गरेका थिए। अमेरिकामा बार्सिलोनाले सिरी 'ए' क्लब नापोलीसंग २ वटा मैत्री खेल खेल्ने कार्यक्रम तय भएको थियो जुन मध्ये एउटा खेल भैसकेको छ, जुन खेल बार्सिलोनाले हार्ड रक स्टेडियममा २-१ ले जितेको थियो।

अब, अन्तिम मैत्री खेल भने आइतबार बिहान पौने ३ बजे हुनेछ।

 

यो समाचार एजेन्सीको सहयोगमा तयार गरिएको हो। 
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा