११ लाख तिरेर पोर्चुगल पुगेका गुरुङ बिरामी परेर ७ महिनादेखि विचल्ली

सात महीनादेखि पोर्चुगलमा काम गर्दै आएका सङ्खुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा परेका छन्।   
प्रतिनिधिमुलक फायल फोटो : वेव

 

काठमाडौँ। वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल गएका एक नेपाली  गम्भीर  रोगका कारण थला परेका छन् । 

सात महीनादेखि पोर्चुगलमा काम गर्दै आएका सङ्खुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा परेका छन्।   

गुरुङले एक महीनादेखि डायलाइसिस गर्दै आएका हुन्। उनी उच्च रक्तचाप र मधुमेहबाट समेत ग्रसित छन् । असार १९ गते सामान्य उपचारका लागि स्वास्थ्य केन्द्र पुगेका गुरुङले मिर्गौला पीडित भएको थाहा पाएका हुन् । 

उनले रु ११ लाख खर्च गरी उनी पोल्याण्ड आएका थिए। आर्थिक अवस्था कमजोर भएका गुरुङको उपचारमा समस्या भएको छ ।  चिकित्सकले दुई महीनासम्म डाइलासिस गर्नुपर्ने र सुधार नभए मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएको गुरुङले बताए । रासस।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा