बिहीबार, ५ मङ्सिर, २०७६ Thursday, 21 November, 2019

'वोस' नामक एउटा साँढे ५० लाखमा बिक्री, 'मेस्सी' ३८ लाखमा बिक्यो !

मुस्लिमहरुको  'इद अल अधा' पर्वमा  बंगलादेशमा झन्डै एक करोड जनावरको बलि चढाईन्छ। 
फोटोमा ब्राहमन जातको \'वोस\' साँढे। फोटो: एएफपी

 

एजेन्सी । बंगलादेशमा ब्रामहन जातको 'वोस' नामक एउटा साँढे ४३ हजार सात सय ५० अमेरिकी डलर अर्थात् झन्डै  ५० लाख नेपाली रूपैयाँमा बिक्रि भएको छ ।

'वोस'का मालिक मोहम्मद इमरान होसेनले समाचार संस्था एएफपीलाई भनेका छन्, ''मैले वोसलाई ३७ लाख टाकामा गार्मेन्ट फ्याक्ट्रीका मालिकलाई बेचेको हो, त्यो १४०० किलोको थियो ।'' अमेरिकामा जन्मेकिएकाे उक्त साँढे 'वोस'लाई मालिक होसेनले  बंगलादेशमा रहेकाे आफ्नै फार्म ल्याइएर  हुर्काएका थिए ।  

एएफपीका अनुसार अर्को साँढे पनि त्यसै फर्मबाट दोस्रो उच्च मूल्य ३३ हजार एक सय अमेरिकी डलर अर्थात नेपाली झन्दै ३८ लाख नेपाली रूपैयाँमा बिक्रि भएको छ।  उक्त साँढेकाे नाम भने अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल खेलाडी लियोनेल मेस्सी नामबाट नामाकरण गरिएकाे थियाे । साँढेकाे नाम 'मेस्सी' थियाे ।

इटानिक नामक अर्को साँढे २ हजार अमेरिकी डलर झन्डै २३ लाख नेपाली रुपैयाँमा विक्रि भएको छ । टाइटानिकलाई एक अष्ट्रेलियनल नागरिकले किनेका छन् ।

मुस्लिमहरुको  'इद अल अधा' पर्वमा  बंगलादेशमा झन्डै एक करोडभन्दा बढी जनावरको बलि चढाइन्छ।यस पर्वमा लाखौँ बंगलादेशीहरु विभिन्न ठाउँबाट आफ्नो देश वा घर फर्किन्छन् । तीन दिने धार्मिक बिदा हुने याे पर्वलाई 'वलिदिने पर्व' को रुप् पनि चिनिन्छ।  यो पर्व अगस्ट महिनाको १० देखि १२ गते सम्म मनाउने गरिन्छ ।

यस पर्वमा बाख्रा, भेडा, गाई र उँटको बलि दिने गरिन्छ।  यसरी बलि दिएको जनावरको मासु गरिब मानिसहरु,आफन्त तथा परिवारमा बराबर बाँडेर खाइन्छ। 

जनावर अधिकारीकर्मीहरुको बिरोधका बाबजुत त्यहाँ लाखौँ जनावरहरुको बलि दिइन्छ। यो वर्ष झन्डै एक करोड ७ लाख गाई, भेडा, बाख्रा र उँटको बलि दिने अनुमान सरकारी स्रोतले  गरेको छ। यसमा  ६० प्रतिशत भने बाख्राको बलि दिइन्छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा