बिहीबार, ५ मङ्सिर, २०७६ Thursday, 21 November, 2019

साफ फुटबलः उद्घाटन खेलमा नेपाल र पाकिस्तानसँग भिड्ने

आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार हल्चोकस्थित शसस्त्र प्रहरी बल (एपिएफ) को खेल मैदानमा नेपालले पहिलो खेल असोज ३ गते खेल्नेछ ।
फाेटाे: एन्फा एकेडेमी

 

काठमाडौं । घरेलु मैदानमा आयोजना हुन लागेको तेस्रो संस्करणको साफ यु–१८ (अठार वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने छन् ।

आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार हल्चोकस्थित शसस्त्र प्रहरी बल (एपिएफ) को खेल मैदानमा नेपालले पहिलो खेल असोज ३ गते खेल्नेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार साविक विजेता नेपालले दोस्रो खेल असोज ५ गते माल्दिभ्ससँग तथा समूहको अन्तिम खेल असोज ७ गते भुटानसँग खेल्नेछ ।

यस्तै, समूह ‘बी’ मा भारत, श्रीलङ्का र बंगलादेश छन् । दुबै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनल खेल असोज १२ गते हुनेछ । प्रतियोगिता असोज ३ देखि १२ गतेसम्म चल्नेछ । रासस

No photo description available.

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा