सन्तानेश्वरमा स्वस्थानी माताको विशेष पूजा अर्चना र रथयात्रा हुँदै 

यहि फल्गुण ४ गते शनिबार स्वस्थानी माताको मन्दिरको समुद्घाटनका साथै पूजा अर्चना र रथ यात्रा हुने भएको हो ।

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका १३ स्थित झरुवारासीमा अवस्थित  सन्तानेश्वर महादेव मन्दिर परिसरमा स्वस्थानी माताको बिशेष पूजा अर्चना र रथ यात्रा हुने भएको छ ।

श्री सन्तानेश्वर महादेव संरक्षण तथा सम्वर्द्धन सेवा संघको आयोजनामा यहि फल्गुण ४ गते शनिबार स्वस्थानी माताको मन्दिरको समुद्घाटनका साथै पूजा अर्चना र रथ यात्रा हुने भएको हो ।

संघका अध्यक्ष बिनोद खड्काका अनुसार हाल सन्तानेश्वर महादेव मन्दिर परिसरमा शिव पुराण वाचन भइरहेको छ । श्री पञ्चमी देखी शुरु गरिएको शिव  पुराण स्वस्थानी साङेको दिन बिधीवत समापन हुनेछ  ।

त्यसैगरी, मन्दिर परिसरमा फाल्गुण ६ गते लाख बत्ती प्रज्जवलन र फाल्गुण ७ गते बटुकहरुको निशुल्क ब्रतबन्ध गर्ने कार्यक्रम रहेको छ । पवित्र हिन्दू ग्रन्थ स्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार उक्त स्थानमा सतीदेवीको  उपल्लो ओठ पतन भएको मानिन्छ ।  त्यसैले  पनि यस स्थललाई पावन भूमिका रुपमा पुजिदै  आइएको छ ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा