श्रृंखलाको मिस वर्ल्ड यात्रा उत्कृस्ट-१२ सम्म, भनेसा पोन्सलाई ताज

एसिया एण्ड ओसियानाबाट टप खतिवडा १२ मा पुगेकी थिइन् ।

२२ मंसिर, काठमाडौं । मिस नेपाल श्रृखला खतिवडा चीनको सान्यामा चलिरहेको प्रतिस्पर्धामा मिस वर्ल्डको टप १२ बाट बाहिरिएकी छन् ।

एसिया एण्ड ओसियानाबाट टप खतिवडा १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

श्रृङ्खला खतिवडाले मिस वर्ल्ड प्रतिस्पर्धामाको २ वटा टाइटल ‘मल्टिमिडिया र ब्यूटी विथ अ प्रपोज’ टाइटल जितेकी थिइन् ।

यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् । अन्तिम ५ मा थाइल्यान्डसँगै बेलारुस, जमैका, मेक्सिको र युगान्डाका सुन्दरीहरु परेका छन्। यीनै ५ देशका सुन्दरीबाटै यो वर्षको मिस वर्ल्ड घोषणा गरिने छ।

विश्वका १ सय २१ देशका सुन्दरीहरुको सहभागिता रहेको यस वर्षको मिस वर्ल्डमा शृंखला दुई अवार्ड हात पार्दै अन्तिम प्रतिस्पर्धामा छानिएकी थिइन्। उनी मल्टिमिडिया अवार्ड र ब्युटी विथ द प्रपोज गरी दुई अवार्ड हात पार्दै टप ३० मा परेकी थिइन्। टप ३० बाट टप २० हुँदै उनी टप १२ मा पर्न सफल भएकी थिइन्।

श्रृंखला खतिवडा चिनारी

श्रृंखला खतिवडा ‘मिस वल्र्ड नेपाल-२०१८’ को  विजेता हुन्। हेटौडाकी खतिवडाले २४ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस वल्र्ड नेपाल’ भन्न सफल भएकी थिइन्।

राजनीतिक पृष्ठभूमि भएको खतिवडा नेकपाका नेता विरोध खतिवडा र आमा मुनु सिग्देलकी छोरी हुन्। उनका बुवा विरोध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधि सभा सदस्य हुन् भने आमा मुनु तत्कालिन नेकपा एमालेकी मकवानपुर अध्यक्ष तथा प्रदेश सभा ३ की सांसद् हुन्।

२३ वर्षीया श्रृंखलाले ललितपुरको पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसबाट आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरेकी छन्।

१२१ देशका सुन्दरीहरुबीच भएको प्रतिस्पर्धामा श्रृंखला ‘ब्यूटी विथ प्रपोज अवार्ड’ र ‘मल्टिमिडिया अवार्ड’ जिज्दै टप ३० (फाइनल राउन्ड)मा स्थान बनाएकी थिइन्। योसँगै उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा चुलिनुका साथै उनलाई प्रतिस्पर्धामा बलियो दावेदारको रुपमा हेरिएको थियो।

मिस वर्ल्डको ताज मिस मेक्सिकोलाई

मेक्सिकोकी भनेसा पोन्स यस वर्षको मिस वर्ल्ड घोषित भएकी छिन्। विश्वका १ सय २१ प्रतिस्पर्धीलाई पछि पार्दै पोन्स वर्ष २०१८ की मिस वर्ल्ड घोषित भएकी हुन्।

अन्तिम ५ मा बेलारुस, थाइल्यान्ड, जमैका, मेक्सिको तथा युगान्डाका सुन्दरीहरु परेका थिए। जसमध्ये थाइल्यान्डकी निकोलिन लिम्सनुकन रनर अप घोषित भइन्।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा