बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

लिबियाको पश्चिमी तटीय क्षेत्रका १५ आप्रपासी डुबे

हजारौँ आप्रवासीहरु गैरकानुनी रुपमा भूमध्यसागर हुँदै लिबियाबाट युरोप पुग्ने गरेका छन् ।
गुगल नक्सामा लिबिया, त्रिपाेली

त्रिपोली, १९ मंसिर । लिबियाको राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने शहर मसुरतामा एक जलक्षेत्रमा भएको डुङ्गा दुर्घटनामा १५ जना आप्रवासीको मृत्यु भएको छ । 

गैरकानुनी रुपमा सो जलक्षेत्रमा आएका ती आप्रवासीको दुर्घटनामा मृत्यु भएको ‘द लिबयान रेड क्रिसेन्ट’ले बिहीबार जानकारी दिएको छ । 

एउटा रबर–निर्मित डुङ्गामा गैरकानुनी रुपमा सवार २५ जना आप्रवासीमध्ये १५ जनाको डुबेर मृत्यु भएको छ भने अन्य १० जनाको उद्धार गरिएको लेबनान रेड क्रिसेन्टका प्रवक्ताले सिन्ह्वा समाचार समितिलाई बताए । 

हजारौँ आप्रवासीहरु गैरकानुनी रुपमा भूमध्यसागर हुँदै लिबियाबाट युरोप पुग्ने गरेका छन् । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा