‘ए’ डिभिजन लिग : पुलिस र संकटाबीच भीडन्त [पुरा खेल हेर्नुस्]
सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२ अङ्कका साथ अङ्क तालीकाको चौथो स्थानमा छ ।

काठमाडौं, १८ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत छैटौँ चरणका दोस्रो खेलमा नेपाल पुलिस र संकटा क्लबबीच सुरु भएको छ ।
नेपाल पुलिस क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित १० अङ्कका साथ लिगको पाँचौ स्थानमा छ । त्यस्तै, सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२ अङ्कका साथ अङ्क तालीकाको चौथो स्थानमा छ ।