बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

श्रृंखलालाई 'ब्यूटी विद अ पर्पस अवार्ड', 'चेपाङ बस्तीमा हेल्थपोष्ट बनाउँछु'

चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ श्रृंखलाले अाफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे कुरा आफ्नो अफिसियल टिकटकमा एक भिडियो सार्वजिक गर्दै बताएकी हुन् ।

काठमाडौं, १७ मंसिर ।  मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् ।

चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ श्रृंखलाले अाफूले  ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे कुरा आफ्नो अफिसियल टिकटकमा एक भिडियो सार्वजिक गर्दै बताएकी हुन् ।

अाफूले मल्टिमिडिया अवार्ड  जितेकाेमा खुशी साट्दै  श्रृंखलाले सबै नेपालीलाई धन्यवाद दिएकी छन् । उनले खुशी हुँदै भनिन्, ‘एण्ड, अार्इ वन द ब्यूटी विद अ पर्पस अवार्ड, रुँदा रुँदा अाँखा सुन्निन लाइसक्याे। बल्ल टाइम पाएँ हजुरहरुसँग शेयर गर्नलार्इ ।’

ब्यूटी विद अ पर्पस श्रृंखलालार्इ दिलाउन मदत गर्ने उनकाे पर्पस अर्थात उद्धेश्य भने मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने रहेकाे छ ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा