बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

पर्वतका ६ पत्रकार पुरस्कृत

शाखाको शनिबार सम्पन्न दशौँ साधारणसभाको अवसरमा पत्रकारलाई नगदसहित सिर्जनशील पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।

पर्वत, १६ मंसिर । नेपाल पत्रकार महासङ्घ पर्वतले स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट पर्वतका ६ पत्रकार पुरस्कृत भएका छन् । 

शाखाको शनिबार सम्पन्न दशौँ साधारणसभाको अवसरमा पत्रकारलाई नगदसहित सिर्जनशील पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।

पुरस्कृत हुनेहरुमा २०७० को सिर्जनशील पत्रकारिता पुरस्कारबाट सन्तोष थापा, २०७१ को पुरस्कारबाट गणेश पौडेल, २०७२ को पुरस्कारबाट अगन्धर तिवारी, २०७३ को पुरस्कारबाट माया अधिकारी, २०७४ को पुरस्कारबाट राजबाबु पिसी र २०७५ को पुरस्कारबाट रोशनी तिवारी रहेका छन् । पुरस्कृत पत्रकारलाई नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यसैगरी, पर्वतको पत्रकारितामा योगदान पुर्‍याएको भन्दै संस्थापक अध्यक्ष भोलानाथ शर्मालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महासंघका महासचिव विष्टले मुलुकी अपराध संहितामा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी दफाहरु संशोधन र श्रमजीवी पत्रकार ऐन ठूला र व्यावसायिक मिडियाले कार्यान्वयन नगरेमा आन्दोलन गर्ने चेतावनी दिए । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा