बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

नेपाल अर्न्तराष्ट्रिय नाटक महोत्सवमा भाग लिन आवेदन खुल्ला

आगामी फागुन १३ गतेदेखि २० गतेसम्म आयोजित हुने महोत्सवमा सहभागीताको लागि शुक्रबारदेखि पुस १६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने छ । 

काठमाडौं, नेपालका सक्रिय आठ नाट्य समुहको सहकार्यमा 'नेपाल अर्न्तराष्ट्रिय नाटक महोत्सव-२०७५' मा भाग लिन चाहाने रंगकर्मीका लागि आवेदन खुल्ला गरिएको छ ।

आगामी फागुन १३ गतेदेखि २० गतेसम्म आयोजित हुने महोत्सवमा भाग लिन चाहाने रंगकर्मीका लागि शुक्रबारदेखि पुस १६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने छ । 

महोत्सव निर्देशक राजन खतिवडाद्वारा जारी प्रेस विज्ञप्तिमाअनुसार प्राप्त आवेदनको आधारमा महोत्सव सल्लाहकार समितिले महोत्सवमा मन्चनका लागि स्वदेशी तथा विदेशी गरी ३० वटा नाट्य प्रस्तुतीहरु छान्नेछन् ।

‘सामाजिक रुपान्तरणका लागि कलात्मक यात्रा’ भन्ने मुलमन्त्रसहित आयोजना हुने नाट्य महोत्सवमा काठमाडौंका विभिन्न पाँच नाटकघरमा हरेका दिन फरक फरक नाटकहरु मन्चन गरिने आयोजकले बताएको छ ।

महोत्सवमा नेपाली नाट्य जगतमा विशिष्ट योगदान पुर्याउने ६ जना रंगकर्मी निर्देशकलाई सम्मान गरिने आयोजकले बताएको छ । त्यस्तै, नेपाली नाट्य क्षेत्रमा काम गर्न चाहाने दुईजना रंगमर्की तथा अनुसन्धातालाई अनुसन्धानको लागि प्रोत्सहनस्वरुप जनही एकलाख रुपैयाँ प्रदान गरिनेसमेत आयोजकले बताएको छ । प्रोत्सहन रकमको लागि फागुन ३ गतेसम्मका आफ्नो मौलिक योजनसहित आवेदन दिन आयोजकले अनुरोध गरेको छ । 

उक्त महोत्सव मण्डला थियटर, शिल्पि थियटर, सर्वनाम थियटर, कथाघर, थियटर मल, एक्टर्स स्टुडियो, वन वर्ल्ड थियटर र थियटर भिलेजले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

आयोजकले स्थानीय स्तरमा काम गरिरहेका कलाकर्मीहरुलाई उत्प्रेरणा र सहयोगको वातावरण बनाउन स्थनीय निकायहरुसँग समन्यव गर्ने बताएको छ । 

त्यस्तै, अन्य प्रदेशहरुमा समेत नाट्य संस्कृतिको विकास गर्ने उद्धेश्यसहित समान्तर रुपमा उपत्यकाबाहिरका दुई ठुला शहरमासमेत लैजाने योजना बनाएको बताएको छ ।

नेपाली रंगमन्चीय कला र संस्कृतिलाई जर्गेना गर्दै सांस्कृतिक पर्यटनमार्फत संसार फैलाउन महोत्सवले सघाउ पुर्याउने भन्दै आयोजकले नाट्य महोत्सव सफल पार्न सबैलाई साथ र सहयोग गर्न अपीलसमेत गरेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा