बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

चारैतिर आलोचना भएपछि हट्यो जोर–बिजोर प्रणाली

महानगरीय ट्राफिक प्रहरीले आज सूचना जारी गर्दै गृह मन्त्रालयको निर्देशनमा जोर–बिजोर प्रणाली शुक्रबार साढे ११ बजेदेखि हटाइएको जानकारी दिएको हो ।

काठमाडौँ, १४ मंसिर । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनलाई लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ । 

गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंसिर १३ देखि १६ गतेसम्म लगाएको जोरबिजोर प्रणाली आज बिहान ११ः३० बजेदेखि हटाएको हो । 

मंसिर १३ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना गरिएको एसिया प्रशान्त सम्मेलनमा भागलिन विभिन्न देशका सरकार प्रमुखहरुको आगमनका समय ट्राफिक व्यवस्थालाई सहज गर्न सो प्रणाली लागू गरिएकोमा सरकारको चौतर्फी आलोचना भएको थियो । 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले सम्मेलनका लागि लगाइएको जोरबिजोर प्रणाली हटाइएको जानकारी दिए ।

सरकारले लागु गरेको उक्त जोर बिजोर प्राणालीको अवज्ञा गर्न सर्वसाधरणदेखि राजनैतिक नेताहरुले आह्वान गरेका थिए । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा